Logo

बिहीबार उपचारका क्रममा बालकको मृत्यु भएपछि भरतपुर अस्पताल तनावग्रस्त


भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि तनाव भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–५ का १४ महिने युदिन वस्नेतको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव भएको हो।

बस्नेतलाई अस्वस्थ भएपछि गत मंगलबार दिउँसो साढे १२ बजे अस्पताल भर्ना गरिएको बताइएको छ।

उनको उपचारका क्रममा बिहीबार राति साढे ७ बजे मृत्यु भएको थियो। बस्नेतका आफन्तले चिकित्सकको लापारवाहीले बालकको मृत्यु भएको आरोप लगाएका छन्।

उता अस्पालले भने आमाको दूध खानेक्रममा सर्किएर ज्यान गएको बताएको प्रहरीले जनाएको छ। यसैबीच स्थिति तनावग्रस्त बन्दै बिहीबार राति ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्