Logo

‘बिग बोस- नेपाल’ लाई रोक लगाउने आदेश


भारतको एन्डेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण ‘बिग बोस नेपाल’ सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ ।

विश्वभर बिग ब्रदरकोे अधिकार एन्डेमोल शाइन ग्रुपसँग रहेको र उक्त अधिकार आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रियशन प्रा।लि।लाई प्रदान नगरिएको एन्डेमोलले जनाएको छ । बिग बोस सो भारतमा नामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस ‘आँखा’ एन्डेमोल शाइन इन्डियाको ट्रेडमार्क रहेको कम्पनीले जनाएको छ ।

आईम्याक्स प्रोडक्सनले १८ अप्रिल २०१९ मा प्रेस इभेन्टको आयोजना गरेर एन्डेमोल शाइन ग्रुपसँग सहकार्य गरेको झुटो घोषण गरेपछि चेतावनी दिएको हो ।

एन्डेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा।लि। र आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीसँग सहकार्यको खबरलाई नकारेकोे छ । र, कम्पनीले बिग बोस तथा बिग ब्रदरको कपीराईट एन्डेमोल शाइन ग्रुपसँग रहेको र आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा।लि।लाई लाइसेन्स् प्रदान नगरेको दावी गरेको छ ।

त्यसबाहेक आईम्याक्स प्रोडक्सनले प्रयोग गरेको ट्रेडमार्क ‘आँखा” बिना कुनै अनुमति बिग बोसको ओर्जिनल ट्रेडमार्कबाट चोरेको छ ।

एन्डेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सनलाई क्षमायाचना माग्न र बिग बोस वा बिग ब्रदरका ढाँचा बारे कुनै कथन नबनाउन समेत चेतावनी दिएको छ ।

नेपाली बजारमा अर्जुन नरसिंह केसीले आफूहरु बिग बोसको लाइसेन्स् होल्डर रहेको अफवाह फैलाउँदै आएको कुरा एन्डेमोल शाइन इन्डिया तथा एन्डेमोल शाइन ग्रुपको आरोप छ । अर्जुन नरसिंह केसीले एन्डेमोल शाइन ग्रुपको सीईओ तथा एन्डेमोल शाइन ग्रुपका अन्तर्राष्ट्रिय बिजनेस तर्फको सीईओको नक्कली हस्ताक्षर गरेको पनि कम्पनीले बताएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्