Logo

जसले धुर्मुसलाई धरधरी रुवाए : नेकपाका यी नेता, को हुन ?


जेठ: धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थालमा लगाइएको तारबारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताको योजना र नेतृत्वमा भत्काइएको तथ्य खुलेको छ ।

नेकपाका नेता प्रकाश कँडेलकै योजना र नेतृत्वमा रंगशाला निर्माणस्थलमा डोजर चलाइएको हो । कँडेल आफूलाई गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ निकट नेता भएको दाबी गर्छन् । उनै कँडेलको नेतृत्वमा बुधबार बिहान गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको सुरक्षाको लागि लगाएको बार भत्काइएको हो ।

प्रहरीले पक्राउ गरेपछि कँडेल (सेतो टिसर्ट)

प्रहरीले बार भत्काउने कार्यमा संलग्न भएको आरोपमा उनी सहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ले बताए । मल्लका अनुसार बार भत्काउने कामका योजनाकार उनकै कडँल हुन् । मल्लले नयाँ पेजसँग भने,‘हाम्रो अनुसन्धान अनुसार कँडेलकै योजना र नेतृत्वमा भएको हो ।’

पश्चिम चितवनको मंगलपुरमा निर्माणाधीन रंगशालाको सामग्री सुरक्षाको लागि लगाइएको बार केही स्थानीयले डोजर चलाएर भत्काएका थिए ।

कँडेलको नेतृत्वमा गएको टोलीले बार भत्काएका थिए । बार भत्काएपछि प्रहरीले गरेको सर्च अभियानमा संकास्पद १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त दुर्गा रेग्मीले जानकारी दिए । बार भत्काउन प्रयोग भएको डोजरलाई नियन्त्रणमा राखेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न भएको आरोपमा अन्य व्यक्तिहरुको खोजी कार्य जारी उनले बताए । भने, ‘घर र आसपासमा खोजी कार्य जारी रहेको छ भेटिएको छैन ।’ राष्ट्रको गौरव संरचना निर्माणका क्रममा भएको अपराधिक क्रियाकलापको प्रशासनको टोलीले स्थलगत निरिक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, महानगरपालिकाको प्रमुख सहितको टोलीले निरिक्षण गरेको थियो ।

कर्मचारीलाई धम्की
विहान डोजर चलाउने क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्की दिएको थियो । कलाकार सीताराम कट्टेल (धुर्मुस) ले जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्डमा डोजर चलाउदा ज्यादै दुःख लागेका बताए । राष्ट्रमा केही गरौ भनेर घरपरिवार छाडेर काममा लागेकालाई यस्ता कार्यले विचलित पार्न कोशिस भएको बताए ।

धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय खुसी भएका थिए । रंगशाला निर्माणको घोषणा गर्दा स्वागत गर्ने स्थानीयबाटै अहिले यस्तो घटना हुदा आफू मर्माहित भएको घुर्मुसको भनाई छ ।

धुर्मुसका अनुसार विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतर्फबाट अहिले पनि सडक गएको छ । रंगशाला बन्ने भएपछि स्थानीयले ७ मिटरको उक्त मोटरबाटो बढाएर २१ मिटर चौडा बनाउनुपर्ने माग राख्दै आएका थिए ।

धुर्मुसका अनुसार स्थानीय अगुवासँग यस विषयमा पटकपटक गरेका थिए । चारदिन अघिमात्रै पनि जग्गाकै विषयमा लामो कुराकानी भएको थियो । बाटो निर्माणको विषयमा कुरा टुंगो लागी सकेको थियो ।

धुर्मुसले उक्तबाटोमा मालवाहक गाडी पनि नगुड्ने र रामपुर जोड्ने बाटो भएकाले १० मिटर फराकिलो भए पुग्ने बताए । त्यसका लागि आवश्यक जग्गा छाड्न तयार भएका थिए । यसका लागि उनले चारदिनको समयसीमा दिएका थिए । तर, सहमति विपरित डोजर चलाइएको थियो ।

निर्माण स्थगित
यसैबीच, धुर्मुस–सुन्तली फाण्डेशनले रंगशाला निर्माणको कार्य स्थगित गरेको छ । सुरक्षाको कारण देखाउँदै फाउन्डेसनले तत्कालका लागि निर्माण कार्य स्थगित गरेको त्यसका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।

भरतपुर नगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रय क्रिकेट रङ्गशाला निर्माणका लागि हुदैछ । २० बिघा ६ कट्ठा जग्गामा बन्ने रंगशालाको अहिले डिजाइनको काम भइरहेको जारी छ ।
गत २०७५ माघ १६ गते फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सो रंगशाला २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो रंगशाला निर्माणको लागि सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। रंगशाला निर्माण कार्य सम्पन्न गर्ने ३ अर्ब लाग्ने अनुमान गरिएको छ ।

घटनापछि धुमुर्सको प्रतिक्रिया

एकदमै दुखद घटना घटेको छ। एकाविहानै स्थानीयहरु र केहि अराजक भीडको अगुवाइमा यो काम भयो। आफ्नै आँखा अगाडि जुन घटना घट्यो । यो भन्दा कारणीय दृष्य सायद मैले जीवनमा देखेको थिइन होला।

हुन त यो भन्दा अघि बस्ती बनाउन पनि धेरै दुख, धेरै प्रेसर धेरै धाक धम्की सहेका थियौं। सबै चिँज त्यागेर राष्ट्रका लागि केहि गर्नु पर्छ भनेर लागि रहदा यस्तो भयो। जहाँ जुन ठाँउबाट हामीले बनाउँदै छौं त्यहि ठाँउमा कुनै ठुलो इस्यू छैन। बाटो सुचारु भइरहेको पनि छैन। यो बाटो हामीलाई प्राप्त भएको सम्म मात्रै छ। हामीले पटक पटक छलफल गरेका छौं। तीन तिर हामीले कम्पाउन्ड घेरिसकेका थियो। हामीलाई दिइएको क्षेत्रफलबाटै बाटो दिइनु पर्ने भन्ने थियो। हामीले डिपीआर आइसकेपछि कति स्पेश छोड्ने सल्लाह गरौला भनेका थियौं। हामी छाड्न तयार छौं भनेका थियौ।

हामीले रंगशालालाई पनि बाटो चाहिन्छ भनेर पटक पटक भनिरहेका छौं। हामीले हिजो मात्र बार लगाएका हौं। हामीले सबै स्थानीयलाई अवगत पनि गराएका थियौं। तर एकाविहानै डेढ २ सय मान्छे जम्मा भएर डोजर लगाएर पेल्ने काम भयो।

विदेशमा बस्ने नेपाली जसले हामीलाई यति सद्भावका साथ सहयोग गर्नु परेको छ। उहाँहरुको पसिनामाथि डोजर चलाइएको छ। देशका लागि केहि गर्ने भनेर अठोटका साथ हामी आएका थियौं। हाम्रो मात्र होइन यो देशको सपना हो। यहाँ सबै मानिस खराब निस्के। यहाँ सत्कर्म गर्नु पर्छ सोच लिएर हिड्नु पर्छ । देशका लागि काम गर्नु पर्छ भन्ने मानिस विरलै पाइयो।

जसको दायित्व थियो त्यसले पूरा नगरेको अवस्थामा हामीले नागरिकको तर्फबाट एकजुट भएर विकासको चिँज गरौं,  देशको आवश्यकताको चिज हो। खेलाडी हाम्रै सन्तान हुन्। उहाँहरुको लागि एउटा अन्तर्राष्ट्रिय रंगशाला बनाउन बनेर लागिरहदा। यहि स्थानीयको खुसी यहाँ जोडिएको थियो।

उहाँहरुलाई बाटो इस्यू चर्काउनु थिएन। बाटो दिनै भनेको थियौं। तर राजनीतिक आडमा नियोजित हिसाबमा आएर प्रहार गर्ने काम भयो। एउटा बाटोको कुरा मात्र होइन पटक पटक धाक धम्की दिने काम भएको छ। हाम्रो कर्मचारी धर्काउने काम भएको छ। यति प्रतिशत कमिसन चाहियो भन्ने यति काम गर्ने मान्छे हाम्रो हाल्नु पर्यो भन्ने। हाम्रो मेसिन चल्नु पर्यो। हामीलाई प्राथमिकता किन छैन भन्ने भयो। हामीलाई नसोधी कसरी बनाउदा रहेछौं भन्ने धम्की पटक पटक भइरहेका थिए।

हामी सहनसिल छौं। हामी नकारात्मक कुरा बाहिर नजाओस भनेर पटकपटक उहाँहरुलाई सम्झाइरहेका हुन्थ्यौं। सम्झाउदा पनि जुन प्रहार भएको छ। अन्त्यतै दुखद् प्रहार भएको छ। न हामी हाम्रा लागि हिँडेका हौं। न हामी आफ्नो स्वार्थका लागि हिडेका हौं। आफ्नो पेशा घर परिवार सब चिज त्यागेर सिंगो देश र देशवासीको खुसीका लागि हिडिरहदा जुन प्रकारले प्रहार भएको छ। -नयाँ पेजबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्