Logo

माओवादी केन्द्रका महासचिवसहित पाँच नेता गिरफ्तार : गणतन्त्र दिवस मनाइरहेदा (भिडियो सहित)


काठमाडौं । गणतन्त्र दिवस मनाइरहेका नेकपा (माओवादी केन्द्र)का महासचिव कर्णजित बुढाथोकीसहित पाँच नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार १२ औं गणतन्त्र दिबसको उपलक्ष्यमा भोटाहिटिमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रमबाटै प्रहरीले महासचिव बुढाथोकी, सचिव तिमिल्सिना र अन्य तीनलाई प्रहरीले गरेको स्थायी समिति सदस्य आलोक रायमाझिले जानकारी दिए ।

गणतन्त्र दिवसको उपलक्षमा कार्यक्रम गर्दापनि गिरफ्तार गरिएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ । नेता रायमाझीले प्रहरी पनि बेलगाम घोडा जस्तै भएको आरोप लगाए ।

कार्यक्रममा प्रदेश ३ अध्यक्ष पासाङ मुक्तान, अखिल –क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अखिल महिला संघका अध्यक्ष धन कुमारी मगर, अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष कुमार राई, नेकपा (माओबादी केन्द्र)का सचिब राजन तिमिल्सिनाले मन्तब्य राखिसके थिए । अन्तिम बक्ता महासचिव बुढाथोकी थिए । उनले बोल्न सुरु गरेलगत्तै प्रहरी मंचमै पुगेर नेताहरुलाई गिरफ्तार गरेको बताइएको छ । प्रदेश नं. ३ का अध्यक्ष मोक्तानले प्रहरी गिरफतारीको घोर भर्सना गरे ।

प्रहरीले पाँचै नेतालाई टेकु पुर्याएर करिब २ घण्टासम्म सोधपुछ गरेर छोडेको महासचिव बुढाथोकीले जानकारी दिए । आफूहरुलाई सरकारले गणतन्त्र दिवस मनाउन नदिएको भन्दै उनले आपत्ति जनाए ।

“गणतन्त्र ल्याउन हामीले रगत र पसिना बगाएका छौं तर दिवस मनाउन हामीलाई नै रोक लगाउने पर्ने ? यो सरासरी पूर्वाग्राही र प्रतिसोध हो । हाम्रो पार्टी यसको विरोध गर्दछ” बुढाथोकीले भने । गिरफ्तारीविरुद्ध संघर्षमा जाने उनले जानकारी दिए ।

यसैबीच विहीबार माओवादी केन्द्रले आज  संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर संघर्षका कार्यक्रम गर्न लागेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्