Logo

बुडापेस्टमा डुंगा डुब्दा कम्तिमा ७ जनाको मृत्यु, १९ जना बेपत्ता


हंगेरीको राजधानी बुडापेस्टको डानुबी नदीमा डुंगा डुब्दा कम्तिमा सातजनाको ज्यान गएको छ । अरु १९ जना बेपत्ता भएको हंगेरीको सरकारी सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

डुंगामा रहेका ३३ जना मध्ये अधिकांश दक्षिण कोरियाली पर्यटक रहेको उल्लेख गरिएको छ । अर्को डुंगासँग ठोक्किएर डुंगा डुबेको समाचार संस्था एमटिआईले जनाएको छ ।

लगातारको वर्षाका कारण पर्यटकको आकर्षण केन्द्रको रुपमा रहेको डानुबी नदीमा पानीको सतह बढेको थियो । दक्षिण कोरियाले आफ्ना १९ नागरिक बेपत्ता भएको पुष्टि गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्