Logo

भैंसेपाटी ललितपुरमा भीषण आगलागी, ठूलाे धनमालकाे क्षति भएकाे अनुमान


ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा आज (बिहीबार) बिहान आगलागी भएको छ।

 

प्रहरीका अनुसार किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा आगलागी भएको हो।

बिहान साढे ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेकाे छैन। केमिकल भएकाले आगो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।

चार दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

के कति कारणले आगलागी भएको खुलेको छैन। आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो धनमालकाे क्षति भएको प्रहरीले अनुमान गरेको छ।घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्