Logo

काठमाडौं उपत्यकामा भारी वर्षा, भोलि पनि मेघगर्जनसहित वर्षाको सम्भावना


पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा एक घण्टाजति भारी वर्षा भएको छ ।

 

आज राति पनि देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्यपहाडी भू–भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको बताइएको छ ।

शुक्रबार देशका पूर्वी तथा मध्यभागहरुमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागका केही र पश्चिम पहाडी भेगका केही स्थानमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्