थाक्रे गाउँपालिका १ खयरघारीबाट महेश खोलामा बस खस्दा आज एक जनाको मृत्यु भएको छ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस खोलामा राजमार्गबाट खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको सनाखत नभएको प्रहरीले जनाएको छ।
सडकबाट बस खोलामा खसेपछि बजारबासी र नेपाल प्रहरीले उद्धार गरेको जनाइएको छ। दुर्घटनामा घाइते भएको १८ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उद्धारकर्ता राजु थापाले बताए।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
