Logo

नेकपा माओबादी केन्द्रको महासचिब र सचिब लगायतलाई प्रहरिले गिरफतार गर्‍यो (भिडियो सहित)


काठमाडौं । गणतन्त्र दिवस मनाइरहेका नेकपा (माओवादी केन्द्र)का महासचिव कर्णजित बुढाथोकीसहित पाँच नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार १२ औं गणतन्त्र दिबसको उपलक्ष्यमा भोटाहिटिमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रमबाटै प्रहरीले महासचिव बुढाथोकी, सचिव तिमिल्सिना र अन्य तीनलाई प्रहरीले गरेको स्थायी समिति सदस्य आलोक रायमाझिले जानकारी दिए ।

गणतन्त्र दिवसको उपलक्षमा कार्यक्रम गर्दापनि गिरफ्तार गरिएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ । नेता रायमाझीले प्रहरी पनि बेलगाम घोडा जस्तै भएको आरोप लगाए ।

कार्यक्रममा प्रदेश ३ अध्यक्ष पासाङ मुक्तान, अखिल –क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अखिल महिला संघका अध्यक्ष धन कुमारी मगर, अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष कुमार राई, नेकपा (माओबादी केन्द्र)का सचिब राजन तिमिल्सिनाले मन्तब्य राखिसके थिए । अन्तिम बक्ता महासचिव बुढाथोकी थिए । उनले बोल्न सुरु गरेलगत्तै प्रहरी मंचमै पुगेर नेताहरुलाई गिरफ्तार गरेको बताइएको छ । प्रदेश नं. ३ का अध्यक्ष मोक्तानले प्रहरी गिरफतारीको घोर भर्सना गरे ।

अन्तिम बक्ताको रुपमा नेकपा माओवादी केद्रको महासचिव कर्ण जित बुढाथोकी बोल्दै गर्दा पुलिसले गिरफ्तार गरेको कुरा नेता आलोक रायमाझीले बताए ।

नेकपा माओबादी केन्द्रको प्रदेश ३ अध्यक्ष पासाङ मोक्तानले यस प्रहरी गिरफतारिको घोर भर्सना गर्दै तत्काल रिहाइको माग गरेको छन ।

नेकपा माओबादी केन्द्रको महासचिब र सचिब लगायत लाई यसरि पक्रीयो । लाईभ हेर्नुस । भिडियो सहित

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्