Logo

आखिर राजनीतिबाट किन अलग्गिइन् करिश्मा ?


काठमाडौँ- डा.बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएपछि अभिनेत्री करिश्मा मानन्धरले आफू राजनीतिबाट अलग भएको बताएकी छन्।

 

उनी यसअघि डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्।‘समाजवादी पार्टी गठन भएपछि अभिनेत्री मानन्धरले राजनीति आफ्नो कावुको विषय नरहेको बताएकी थिईन्,’ समाजवादी पार्टीका एक नेताले भने, ‘अहिले उनले मौखिक राजीनामा दिइसकेकी छिन्। लिखित पनि आउँदै गर्ला।’

अभिनेत्री मानन्धरसँग यसबारे नेपाल लाइभले वुझ्न खोज्दा उनले यो विषयमा केही दिनमा प्रस्ट पार्ने बताइन्। भनिन्, ‘तर राजनीतिमा लागेर मैले केही न केही सिकेकी छु।’
-नेपाली लाईभ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्