Logo

आज संसद्मा बजेट प्रस्तुत हुँदै : १४ खर्ब ९८ अर्ब रुपैयाँको बजेटको सिलिङ


काठमाडौं । आगामी आर्थिक वर्ष २०७६र७७ का लागि आज संसद्मा बजेट प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ९८ अर्ब रुपैयाँको बजेटको सिलिङ तोकेको छ ।

यद्यपी सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि गर्नुपर्ने चापले सङ्घीय बजेटको आकार १५ खर्ब भन्दा माथि हुने अनुमान गरिएको छ । १५औँ पञ्चबर्षीय योजनाको आधार बजेटका रूपमा पनि आगामी बजेटमा सरकारले केही महत्वपूर्ण परियोजना घोषणा गर्ने तयारी गरेको छ ।

नीति तथा कार्यक्रमार्फत नै आगामी चार बर्ष्भित्र दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य राखिएकाले बजेटले त्यसको दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ । सरकारले आगामी आवमा करिब आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहितको बजेट प्रस्तुत गर्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्