Logo

चौथो विद्यावारिधि थाप्दै प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गर्ने भएको छ। यो उनको चौथो मानार्थ विद्यावारिधि हो।

सत्तरी वर्ष लामो इतिहास भएको काङनाम विश्वविद्यालय क्रिस्टिचियानिटी र मानवताको सिद्धान्तमा आधारित भएर सत्य, स्वतन्त्रता, समभाव आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हो।

ओलीले आजै ११ बजे नेपाली सेनाको सानो भर्‍याङमा रहेको स्वास्थ्य विज्ञान संस्थानको भवनमा विद्यावारिधि ग्रहण गर्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ‘राजनीतिक योगदान’का लागि प्रधानमन्त्रीलाई  विद्यावारिधि प्रदान गर्न लागिएको सेतोपाटीलाई बताए। भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको हल प्रयोग गर्य योग्य नभएकाले सेनाको मेडिकल कलेजको भवन रोजिएको उनले उल्लेख गरे।

‘त्रिभुवन विश्वविद्यालय यसको सह आयोजक हो,’ अर्यालले भने।

केही समयअघि प्रधानमन्त्री ओलीलाई कोस्टारिकाको शान्ति विश्वविद्यालयले नेपालको लोकतन्त्रमा योगदान पुर्‍याएबापत मानार्थ विद्यावारिधि प्रदान गरेको थियो।

प्रधानमन्त्री ओलीले त्यसअघि भारतको उत्तराखण्डस्थित पन्तनगरमा रहेको  गोविन्द बल्लभ पंत कृषि तथा प्राद्धौगिक विश्वविद्यालयले पनि मानार्थ विद्यावारिधि प्रदान गरिसकेको छ।

सन् २०१० मा काठमाडौंमै ग्रिनफोर्ड विश्वविद्यालले उनलाई मानार्थ विद्यावारिधि दिएको थियो। अमेरिकामा रहेको भनिएको विश्वविद्यालयको विद्यावारिधि उपाधि विवादमा परेको थियो।

औपचारिक शिक्षाका रूपमा प्रधानमन्त्री ओलीले एसएलसी पास गरेका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्