हतकडी लगाइएको थियो, ३ मिनेट मात्र बोल्न दियो -तीर्थ राईकी श्रीमती
काठमाडौं । “दुबै हातमा हतकडी लगाएको थियो । तीन मिनेटजति मात्र बोल्द दियो । प्रहरीले धेरै बोल्नै दिएन ।” जेठ १० गते शुक्रबार सिन्धुलीबाट समातिएका तीर्थ राईकी श्रीमती रत्ना लामाले भनिन्, “बयानमा लाने भन्दै लगिहाल्यो । साँझ भएपछि फर्किएँ ।”
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा राखिएको तीर्थ राई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिबिधीमा लागेको आरोपमा पक्राउ परेका हुन् । राईसँगै पवन महतो पनि समातिएका छन् । श्रीमान् समातिएको खबर सुनेपछि लामा सदर्मुकाम सिन्धुली पुगेकी थिइन् । लामाले भनिन् “नानी कहिल्यै छोडेको थिइनँ । बसेर पनि भेट्न नपाइने भएपछि राति नै फिरेँ ।” २ वर्षको सानो नानी घरमै छोडेर उनी पक्राउ परेका श्रीमान् भेट्न पुगेकी थिइन् । राईका श्रीमती रत्ना लामाले साथीसँग बसिरहेकै ठाउँबाट समातेर लगेको आफ्नो श्रीमानलाई विनासर्त चाँडोभन्दा चाडो रिहाइ गर्न माग गरेकी छन् ।
‘तत्काल रिहाइ गरियोस’
प्रहरी प्रशासनबाट समातिएका राईलाई घरपरिवार तथा आफन्तहरुले रिहाइको माग गरेका छन् ।
राजतन्त्र फाल्नको लागि राईले पनि ठूलो भूमिका खेलेका छन् । विशेषगरि विध्यार्थी आन्दोलनमार्फत् गणतन्त्र ल्याउन राईको भूमिका रहेको शुभचिन्तकहरु बताउँछन् । थुप्रैले सामाजिक सञ्जालहरुमार्फत् पनि राईको अवस्थावारे चिन्ता व्यक्त गरिरहेका छन्ए ।
यो पनि पढ्नुहोस्
कहाँ छन् पूर्व बिध्यार्थी नेता तीर्थ राई ? अवस्था सार्वजनिक गर्न माग