Logo

माओवादी केन्द्रद्वारा १२ गते भएको घटनाप्रति दु:ख व्यक्त (बिज्ञप्ति सहित)


काठमाडौँ । पुनर्गठित नेकपा माओवादी केन्द्रले विप्लब समूहको बन्दको क्रममा १२ गते भएको घटनाप्रति दु:ख प्रकट गर्दै बिज्ञप्ति जारी गरेको छ । विप्लब नेतृत्वको नेकपाका ४ जनाको निधन र ७ जनाको घाइते भएको घटनालाई माओवादी केन्द्रको विज्ञाप्तिले अकल्पनीय र दु:खद घटना भएको जनाएको छ ।

आर्थिक क्षेत्रमा चरम भ्रष्टाचार सँगसँगै संविधान प्रतिकूल इन्डो प्यासिफिक कमाण्डमा संलग्नता, मधेश विखण्डनलाई वैधानिकता र विप्लव नेकपाविरुद्ध प्रतिबन्धका घटनाहरु एउटै श्रृंङ्खलामा छन् । त्यो भनेको नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डता एवम् प्रगतिशील राजनीतिलाई ध्वस्त बनाएर साम्राज्यवादको विश्वास जित्ने च्याङ काइसेक तथा लेण्डुप दोर्जे प्रवृति हो ।

खड्ग ओली-प्रचण्ड सरकारका यी हर्कतले पूँजीवादी गणतन्त्रलाई खत्तम गरेर राजतन्त्र पुनःस्थापना गर्ने प्रतिक्रान्तिकारी उद्योग चलाएको तथ्य स्पष्ट हुन्छ । पार्टीका महासचिव कर्णजीत बुढाथोकीद्वारा जारी बिज्ञप्तिमा उक्त घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरुप्रति श्रद्दान्जली व्यक्त गरिएको छ ।

बिज्ञप्तिमा ओली सरकारले नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनुले देश द्वन्दतिर जाने सम्भावना बढेको उल्लेख छ । विज्ञप्ति मार्फत माओवादी केन्द्रले बामपन्थी शक्तिहरु एकजुट हुनु पर्ने भन्दै सरकार र नेकपा दुवै पक्षलाई वार्ताको वातावरण बनाउन माग गरेको छ ।

यस्तो छ विज्ञप्ति 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्