Logo

राजापा छोड्ने मनस्थितिमा रेशम चाैधरी : जेलभित्रै एक सातादेखि विरामी


काठमाडाैं । राष्ट्रिय जनता पार्टीका सांसद तथा टीकापुर घटनामा स‌ंलग्‍न रहेको कसुरमा जन्मकैदको फैसला सुनाइएका रेशम चौधरी जेलभित्रै बिरामी परेका छन् ।

उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरूले जनाएका छन् ।

जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन् । उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ ।

करिब एक सातादेखि जेलभित्रै विरामी परेका चौधरीले राजपाका अध्यक्ष मण्डलका नेताहरुलाई फोन गर्दै आएका छन् । तर राजपाका नेताहरू भने उनलाई भेट्न गएका छैनन् ।

यसबाट चाैधरी निराश भएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्