Logo

केहि समयमा प्रधानमन्त्री फेरिन सक्छन्-वामदेव गौतम


काठमाडौं- पार्टी भित्र असन्तुष्टी जनाउँदै लामो समयदेखि गुपचुप रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतले  घुमाउरो भाषामा प्रधानमन्त्री फेरिन सक्ने संकेत गरेका छन् । पार्टी एकताको भावनालाई मध्यनजर गर्दै सरकार गठनको अढाई वर्षमा अर्को प्रधानमन्त्री फेरिने बताएका हुन् । उनले भने- “सरकार नफेरिने तर, प्रधानमन्त्री भने फेरिन सक्नेछ । ”

‘सरकार परिवर्तन हुँदैन, एउटा राजनीतिक विचारधारा हटेपछि अर्को विचारधाराले सरकारको नेतृत्व गर्न पुग्दा सरकार परिवर्तन मान्न सकिन्छ । तर, यहाँ बिचारधारा एउटै छ । सरकार परिवर्तन हुँदैन तर, प्रधानमन्त्री पद परिवर्तन हुन सक्छ’, गौतमले भने ।

गौतमले प्रधानमन्त्री एउटा भएपनि मन्त्रीहरु फेरिएजस्तै प्रधानमन्त्री पनि फेरिन सक्ने बताए । प्रधानमन्त्री फेरिदैमा सरकार फेरिएको मान्न नसकिने बताए ।

पछिल्लो समयम कर्नरमै रहेर मुलधारमा नआएका गौतम एकाएक विस्फोट भएका छन् । सोमबार कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा भुषण दाहाललाई अन्तवार्ता दिँदै गौतमले नेकपा पार्टी र सरकारै पनि कतिपय विषयका रहस्य उद्घाटन गरेका छन् । प्रधानमन्त्री केपी ओलीसँग राम्रै सँग विच्किएका गौतमले केहि समयमा प्रधानमन्त्री प्रधानमन्त्री फेरिन सक्ने समेत संकेत गरेका छन् ।

अन्तावार्तामा गौतमले प्रधानमन्त्री फेरिए पनि सरकार भने नेकपाकै हुने भन्दै त्यसलाई अस्थिता भन्न नमिल्लने बताएका छन् । पार्टी संचालनमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले सरकार र पार्टी दुवै तिर एकलौटी गरिरहेको गौतमले आरोप लगाए । बाध्यात्मक रुपमा पार्टी एकता गर्दा दुइ जनालाई पार्टी अध्यक्ष बनाएको तर केपीले प्रचण्डलाई समेत सहयोगी जस्तो मात्रै बनाएर एकलौटि राज पार्टी र सरकार दुवै तिर बनाएको गौतमले आरोप लगाए । प्रचण्डलाई नै विचरा बनाउँने ओलीसँगै आफ्नो खासै आशा नभएको पनि गौतमले बताए ।

साथै गौतमले प्रचण्ड सँग आफ्नो दोस्ती रहेको तर ओली सँग भने सम्बन्ध मात्रै रहेको बताए । प्रचण्ड सँग बढि झुकाव राख्दै ओली प्रति अलि बढिनै देखिएका गौतमले सरकारले भनेजस्तो काम गर्न नसकेको पनि आरोप लगाए । पुर्व गृहमन्त्री समेत रहेका गौतमले पछिल्लो समय देशमा हत्या हिसांको यति ठुलो विगविगी चल्दा पनि सरकारले खासै काम गर्न नसकेको बताए । विप्लवले राजेको बाटो गलत रहेका दावी गर्दै उनले एउटा क्रान्ति भर्खरै सर्किएको अवस्थामा तत्काल अर्को क्रान्ति सम्भवनै नभएको ठोकुवा गरे ।

विप्लवले गरेको क्रान्ति नभइ प्रतिक्रान्ति भएको गौतमले दावी गरे । तत्काल वार्ताका माध्यमबाट विप्लवको समस्या समाधान गर्नु पर्ने भन्दै उनले कि विप्लवको बाटो सहि हो भने हामि पनि त्यतै जानु पर्यो कि विप्लवलाई पनि हाम्रे बाटोमा ल्याउँनु पर्यो । केहि समय अघि सम्म कुनै माननियलाई राजिनामा गराएर भए पनि संसद छिर्ने दाउमा रहेका गौतमले आफुलाई चुनावमा एमालेकै कार्यकर्ताले हराएको जिकिर गरे ।

पार्टी एकता गराउँदा आफुले खेलेको भुमिकालाई पार्टीले न्याय नगरेको भन्दै उनले पानी बाराबारको अवस्थामा रहेका दूइ पार्टीलाई एक बनाउँन आफुले भुमिका खेलेको बताए । आफुले त्यति खेर पार्टी एकताका लागी पहल नगरेको भए काग्रेस र माओवादीको विचमा चुनावी तालमेल हुने र एमाले भने राप्रपा सँग चुनावी तालमेल गर्नु पर्ने अवस्थामा पुग्नु पर्ने अवस्था आउँने उनले बताए ।

उनले वर्तमान सरकार स्वच्छाचारी भएको भने स्वीकार गरेका छन् । ‘मैले वर्तमान सरकार स्वच्छाचारी भयो भनेर पार्टी स्थायी कमिटीमा लिखितरुपमै धारणा राखे’, उनले भने, ‘यहाँ सामुहिक निर्णय हुँदैन, ब्यक्ति केन्द्रीत हुन्छ ।’

साथै, गौतमले पार्टी र सरकार चलाउने जिम्मा अध्यक्ष ओलीकै हातमा बढि भएकाले समस्या भएको टिप्पणी गरे । उनले एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी चलाउने अवराधाणामा दुई अध्यक्षात्मक प्रणाली अबलम्वन गरिएको भएपनि अहिले प्रचण्डको भूमिका अर्का अध्यक्ष ओलीको सहयोगी जस्तो मात्र भएको उल्लेख गरे ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्