थुलुङदुधकोशीले तत्काल तोकिएको विद्यालयमा नजाने शिक्षकलाई कार्वाही गर्दै
सोलुखुुम्बु ः केहि हप्ता अगाडी ठुलो संख्यामा शिक्षक सुरुवा गरेको थुलुङ्गदुधकोशी गाउँपालिको शिक्षा समितिको बैठकले तत्काल तोकिएको क्षेत्रमा नजाने शिक्षकलाई कार्वाही गर्ने निर्णय गरेको छ । शैक्षिक सुधारको बर्ष घोषणा गरेर काम गरेको गाउँपालिकाले सरुवा भएको विद्यालयमा नजाने शिक्षकको तलब रोक्का राखि रिक्त पदमा करारमा दक्ष शिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
शिक्षा समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आज बसेको बैठकले प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईको संयोजकत्वमा ५ सदस्य विद्यालय अनुगमन समिति गठन गरेको छ । सोही बैठकले अर्को व्यवस्था नभएसम्म गाउँपालिका शिक्षा शाखाको जिम्मेवारी पुर्व श्रोत व्यक्ति प्रेमबहादुर तामाङलाई दिने निर्णय गरेको वडा नम्बर ९ का वडा अध्यक्ष भुपाल सिं राईले जानकारी दिनुभयो ।
वडा अध्यक्ष राईका अनुसार जनप्रतिनिधिले समेत खालि समयमा स्वयम्सेवक शिक्षकको रुपमा काम गर्नेछन् । जनतामावि लोखीममा भुपाल सिं राई, देउसा माविमा रामसंघर्ष किराँती, बीरेन्द्रदोय मावि मुक्लिमा बुद्धिराज राई, जीवन ज्योती मावि काँगेलमा उदयनारण बस्नेत, देउराली आधारभुत विदालयमा गोपाल घिमिरे लगाएत योग्यता र दक्षताको आधारमा नजिकैको समुदायिक विद्यालयमा गई अध्ययापन गर्ने बताईएको छ ।
निजि विद्यालयमा विद्यार्थीको आकर्षण कम गर्दै सामुदायिक विद्यालय बढाउन विभिन्न शैक्षिक रणनिति अपनाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको विभिन विद्यालयमा विषयगत शिक्षकको समेत व्यवस्था गरिने भएको प्रमुख प्रशासकिय अधिकृत अबिलाल राइले जानकारी दिनुभयो । उहाँका अनुसार हिमालय मावि जुबु, जनसेवा मा.बि. लोखिम, वीरेन्द्रद्वय मा. बि. मुक्लि, देउसा मा. बि.देउसा मा बिज्ञान र जनता मा. बि. लोखीमको लागि गणित विषयको लागि करारमा शिक्षक नियुक्त गरिने छ ।
शिक्षक सरुवा स्वागत योग्य छ ः अभिभावक ।
शिक्षामा व्यापक सुधार ल्याउने भन्दै गाउँपालिकाले पहिलो चरणको शिक्षक सुरुवा गरेपछि नेपाली काग्रेसबाट निर्वाचीत जनप्रतिनिधिले भने त्यसको बिरोध गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले शिक्षक सुरुवा विधिविधान अनुसार नभएको जनाएको छ । तर गाउँपालिकाले भने विधि र प्रक्रियाअनुसार निर्णय गरेको भन्दै त्यसको कार्यन्वयनमा पछि नहट्ने गाउँपालिका असिम राईले दावी गर्नुभयो । उहाँले भदौमा अझ ठुलो संख्यामा शिक्षक सरुवा गर्ने उहाँको जिकिर छ । विभिन्न शैक्षिक कार्यक्रममा संबोधन गर्नेक्रममा अध्यक्ष राईले शैक्षिक सुधारको लागि कुनैपनि सम्झौता नगर्ने बताउँदैआउनुभएको थियो ।
शिक्षक सरुवाको निर्णय भएपछि अधिकांश शिक्षक रमना बुझेर कार्यक्षेत्र गईसकेका छन् भने केही शिक्षक गएका छैनन् । तर शिक्षक संघ संगठनले समेत गाउँपालिका भित्र तोकिएको विद्यालयमा गएर पठनपाठन गर्नु शिक्षकको कर्तव्य भएको बताएका छन् । गाउँपालिकाले गरेको निर्यायको भने अभिभावकले स्वागत गरेका छन् । लामो समय देखी शिक्षक सरुवा नगर्दापनि शिक्षामा सुधार हुननसकेकाले यो निर्णय स्वगत योग्य रहेको गाउँपालिका ७ का मोतिराज राईले बताउँनुभयो ।
कतिपय शिक्षक समाज सेवाको नाममा निजि काममा व्यवस्त हुने, नियमीत विद्यालय नजाने, राम्रो संग शिक्षण नगर्ने लगाएतको समस्याबाट मुक्त नभएसम्म शिक्षामा गुणस्तर नआउने अर्का अभिभावक मेखबहादुर राईले बताउँनुभयो । (SoluFm)