Logo

सामाजिक सन्जाल फेसबुक पेजबाट ठगी गर्ने पक्राउ


सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं’ फेसबुक पेजबाट ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुर घर भएका हाल जुम्ला चन्दननाथ नगरपालिकामा बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई रहेका छन्।

उनले उक्त पेजमार्फत् काठमाडौं उपत्यकाका विभिन्न मुख्य स्थानहरूमा रुम तथा फ्ल्याटहरू खाली छन् भन्दै सेवा शुल्कबापत १५ सयदेखि चार हजारसम्म लिने गर्दै आएका थिए।

उनले आफ्नो आइएमइ पे वालेट र इसेवा आइडीमा जम्मा गर्न लगाइ रकम जम्मा भएलगत्तै सम्पर्कविहीन भई ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ।

हालसम्म उनले दुई सय ५० जनालाई ठगी गरेको प्रहरीले बताएको छ।

उनलाई सोमबार पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको बताइएको छ।

उनको साथबाट एकर कम्पनीको ल्यापटप एक थान, डेल लेखेको कालो झोला एक थान, विभिन्न कम्पनीको मोबाइल दुई थान, पेन ड्राइभ एक थान, भिन्न बैंकको एटिएक कार्ड ५ थान बरामद भएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्