लघु उद्यम विकास तालिम समापन
काठमाण्डौं । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तरगत घरेलु तथा साना उद्योग विकास कार्यलय काठमाण्डौ र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द सेडेक नेपाल बालाजु काठमान्डौंको संयुक्त आयोजनामा सञ्चालित डल तथा खेलौना निर्माण सीप बिकास तालिम समापन गरिएको छ । बैशाख १३ गतेबाट नर्गाजुन नगरपालिका वडा नं ३ मा सञ्चालित तालिमलाई नगार्जुन नगरपालीका प्रमुख मोहन बस्नेतको प्रमुख आतित्थ्यमा जेष्ठ १२ गते समापन गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष प्रेम लाल श्रेष्ठ,मेड्पा अनुगमन संयोजक घन श्याम तिमिल्सिना,सामाजिक स्वास्य शिक्षा उत्थान केन्द्रका कार्यकारी प्रमुख राम नाथ पोख्रेल,कार्यक्रम संयोजक भला नाथ पौडेल,सेडेक नेपाल गोरखा संयोजक सीता रिजाल, नुवाकोट जिल्ला कार्यक्रम संयोजक गोकर्ण भट्ट, कपिल वस्तु जिल्ला संयोजक निर्माण घिमिरे, मिडिया कोडिनेटर तथा सोलुखुम्बु कार्यक्रम संयोजक राज कुमार राई, ओम सिनेमा आर्ट च्यानल तथा कलाखबर टि.भी. क्यामेरा ब्यूरो राज कुमार तामाङ, काठमाण्डौ उद्यम विकास सहजकर्ताहरु स्वरस्वती लुहार र फुर्स बहादुर नेपाली लगायतका ब्यक्तिहरुको उपस्थिति रहेका थिए ।
नर्गाजुन नगरपालिका प्रमुख मोहन बस्नेतले नयाँ लघु उद्यमीहरु उत्पादन भएकोमा खुशी व्यक्त गर्नु भयो । साथै उहाले सिकेको नयाँ सीपलाई व्यवहारीक रुपमा उतार्दै सफल उद्यमी बन्न आग्रह समेत गर्नु भयो । जसका लागी नव गठित शुभ लक्ष्मी समुह उद्यम विकास समितिलाई नगरपालिकाको तर्फबाट रु २० लाख दिने घोषणा समेत गरेका थिए ।
उहाको भनाइलाई उद्धृत गर्दै वडा अध्यक्ष प्रेम लाल श्रेष्ठले पनि वडाको तर्फबाट जुनसुकै अवस्थाामा पनि सकेको सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । उद्यमीहरु सफल रुपमा अगाडी बढ्न सकेको खण्डमा आफ्नो वडाको पनि इज्जत रहने वडा अध्य प्रेम लाल श्रेष्ठले बताए । महिला उद्यमीहरुको सशक्तिकरण र आर्थिक उन्नतीलाई मज्बुत बनाउने काममा वडाको तर्फबाट सधैं सहयोग रहने समेत उहाले बताए
सफल रुपमा सञ्चालित तालिम्मा सहभागीहरुलाई सोना अधिकारीले प्रशिक्षण दिएका थिए । सहभागीहरुको तर्फबाट शुभ लक्ष्मी समुहका सचिव निरु विष्टले स्वागत मन्तब्य दिएका थिए । मन्तव्यसँगै उहाले आफुहरुले नयाँ सीप सिक्न पाएकोमा खुशी व्यक्त गर्दै अझै पनि सफल रुपमा अगाडी बढ्नका लागी नगर प्रमुख र वडा प्रमुख तथा सेडेक प्रमुखसँग थप सहयोग गर्न अपिल गर्नु भयो ।
उहाको भनाइलाई स्मरण गर्दै सेडेक नेपालका कार्यकारी प्रमखु राम नाथ पोख्रेलले निरञ्तर रुपमा सफल उद्यमी बनेर विश्वास जित्न सकेको खण्डमा आफ्नो संस्थाबाट संधै सहयोग रहने बताउनु भयो । अर्को सहभागी तथा शुभ लक्ष्मी समुहका कोषाध्यक्ष सीता शाहले आफुहरुले साह्रै महत्वपूर्ण नयाँ सीप सिक्न पाएको उल्लेख गर्दै तालिम दिने संस्थालाई धन्यबाद दिनु भयो । साथै शाहले सबै प्रमुख व्यक्तित्वहरुको सहयोग गर्ने बाचा प्रति पूर्ण विश्वास रहेको बताइन् ।