Logo

म्यानपावर जानुपर्ने बाध्यताको अन्त्य: अब अनलाइनबाटै हेर्ने जानकारी


ठमाडौं: अब वैदेशिक रोजगारीमा जाने कामदारहरुले मागहरूबारे जान्न म्यानपावर धाउनुपर्ने पर्ने बाध्यताको अन्त्य भएको छ । स्वदेशमै रोगजारी दिन सरकारले केही महिना अघी बेरोजगार फारम भरी लगत संकलन गरेको थियो ।

बैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको छ । अब विदेशको कुन कम्पनीबाट कस्तो पदमा माग आयो भन्ने कुरा अनलाइनमै हेर्न मिल्ने भएको छ ।

देशमा बेरोजगार फारम भराएर लगत संकलन गरी रोजगारी सृजना गर्ने सरकारी प्रयास त छँदै छ । त्यहाँबाट रोजगारी दिन नसके विदेशमा भए पनि सजीलैसँग जान मिल्ने वातावरण तयार गर्न सरकार लागि परेको छ । यसैको लागि भर्खरै मात्रै सरकारले बेरोजगार फारम भरेका युवालाइ रोजगारी दिलाउन दुई अर्ब ३६ करोड अनुदान पठाएको छ ।

रोजगारीको लागि म्यानपावर धाएर, पासपोर्ट बुझाएर पैसा गुमाउने र ठगिएको गुनासो धेरै भए पछी सरकारले अनलाइनमै वैदेशीक रोजगारीको विवरण हेर्न मिल्ने बनाएको हो ।

विभागले तयार गरेको नयाँ अनलाइन साइटबाट कुन कम्पनीमा कस्तो पदका लागि माग आएका छन् भन्ने कुरा हेर्न सकिने  विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिएका छन् । भुसालले अब वैदेशिक रोजगारमा जान चाहनेको लागि काम र सीपको आधारमा वा देशको आधारमा वा पठाउने कम्पनीको आधारमा वा जागिर दिने कम्पनीको नाम राखेर अनलाइनमा हेर्ने वित्तिकै सत्यतथ्य के हो आइहाल्ने बताए ।

कसरी लिने जानकारी

  • त्यसपछि वैदेशिक रोजगारीमा जान चाहनेको लिङ्गको छनोट गर्नुहोस। महिला भए F र पुरुष भए M छनोट गर्ने ।
  • आफुले जान चाहेको देश छान्नुहोस्। जस्तै कतार, मलेसिया
  • आफुलाई थाहा भएको रोजगारदाता कम्पनि छनोट गर्नुहोस।
  • तपाइले जान चाहानु भएको देशको सहर थाहा भए सुची बाट छनोट गर्नुहोस। जस्तै दोहा
  • सूचीबाट काम गर्न खोज्नुभएको पद छान्नुहोस्।
  • आफ्नो तलब ( न्यूनतम देखि अधिकतम) नपाली रुपैयामा राख्नुहोस।
  • त्यसपछी search बटममा क्लिक गर्नुहोस  ।

  • यहाँबाट तपाईले सम्पूर्ण विवरण हेर्न सक्नुहुनेछ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्