Logo

‘नेपालमा चीन र राजसंस्था नभएको भए भारतले पहिले नैं नेपाल खाईसक्थ्यो ।’


-दीर्घराज प्रसाईं
सत्तासीनहरु नैं बिकेपछि नेपाल सुरक्षित हुन सक्तैन र देशद्रोही गद्दारहरुलाई कारवाही नगरिञ्जजेल देश जोगिन सक्तैन !

हिमवत्खण्डका स–साना टुक्रामा विभाजित ५४ भन्दा बढी हिन्दू राज्यलाई गोर्खाका राजा पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा एकीकृत गरी नेपाल विश्वको नैं एक मात्र हिन्दू अधिराज्य स्थापित हुन सकेको हो ।

चीनका नेता माउत्सेतुडल नेपालको राजसंस्था साम्राज्यवादी शक्तिसँग स्थापित भएको संस्था भएकाले राजसंस्थालाई चीनको मित्र शक्तिको रुपमा लिन्थे । परराष्ट्रविद् तथा चीनका पूर्व राजदूत केशरबहादुर केसीले पनि भन्थे–‘नेपालमा राजसंस्था र चीन नभएको भए नेपाललाई पहिले नैं भारतले खाईसक्थ्यो ।’

‘नेपाल आफ्नो संस्कृति इतिहासमा धनी छ । नेपाल साम्राज्यवादको बिरुद्ध सँधै सक्रिय रुपमा संघर्षरत छ । ’-तेङसियाओ पिङ! चीनको ‘एक बेल्ट एक रोड’को नीति राजसंस्था र हिन्दु अधिराज्य नरहेको संरक्षणविहीन अवस्थामा नेपालको लागि खतरा हुन्छ ।
नेपालको अस्तित्व समाप्त गर्ने खेलमा पार्टीका देशद्रोही नेताहरु लागे ! गिरिजा राष्ट्रघातको कलंक हुन्, मरे। १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने र गराउने बाँचेकाहरु प्रचण्ड,बाबुराम भट्टराई र माधव नेपाल निन्दनीय छन्।

गिरिजा २०४८ सालदेखि प्रधानमंत्री भएपछि रामशरण महत,महेस आचार्यलाई योजना आयोग र अर्थमंत्री बनाएर नेपालका नाफाका उद्योगहरु बेचेर टाट् पल्याए । गिरिजाले भारतीय कांग्रेस (आई) को उप्सावटमा माओवादीस्ँग मिलेर २०६३ सालपछि प्रधानमंत्री भएपछि सत्ताको पहुचमा देश डुबाउने काम गरे । सत्तासीनहरु नैं बिकेपछि देश सुरक्षित हुन सक्तैन। त्यसैले सर्वप्रथम देशद्रोही गद्दारहरुलाई कारवाही नगरिञ्जजेल देश जोगिन सक्तैन ।

राष्ट्रियताका स्रोतहरु बचाएर अघि बढेमात्र नेपाललाई समृद्ध बनाउन सकिन्छ ! पृथ्वीनारायण शाहले हिमवत्खण्डको यो हिन्दुस्थलका गोर्खा लगायत,बाइसी,चौबीसी, कास्की,पाल्पा,मकवानपुर,कान्तिपुर,ललितपुर,भक्तपुर,मगवानपुर लगायत ५४ भन्दा बढी स–साना हिन्दुराज्यलाई एकीकरण भई हिन्दु अधिराज्यको स्थापना भएको हो । विश्वब्यापी रुपमामा नेपालको महानता-विश्वको अग्लो चुचुरा सगरमाथा,पशुपतिनाथ, जानकीधाम, गौतम बुद्धको जन्मभूमि वा मुक्तिनाथ भएर मात्र होइन । संसारको एकमात्र हिन्दु राजसंस्था र विश्वको एकमाज्ञ हिन्दु अधिराज्य भएर नैं हो ।
नेपाल अधिराज्यमा बासिन्दाहरुलाई एकताको सूत्रमा आवद्ध गर्नसक्ने स्थायी संस्थाको रुपमा स्थापित राजसंस्था र राष्ट्रिय पहिचानसँग गाँसिएको हिन्दुअधिराज्यलाई धर्मसँग गाँसेर राजनीति मुद्धा बनाउनु हुँदैन ।

अतः जातीय विखण्डनको दलदलबाट मुक्त हुँदै नेपालको राष्ट्रियता, राजतन्त्र, प्रजातन्त्रबीचमा समझदारी र समन्वय राखेर नेपालको संरक्षण गर्न निर्णयक भूमिका अधय गर्ने समय यही हो । अनर्गल कुरामा फसेर देशलाई लथालिङ्ग बनाएर विदेशीको शरणमा पर्ने होइन अव २०४७ सालको संविधानलाई नैं कार्यान्वयन्गर्दै देशद्रोहीहरुको कब्जाबाट नेपालको अस्तित्व बचाउनु पर्छ । हिन्दु राजा यो पूण्यभूमिका रक्षक हुन् ।
विश्वको एकमात्र हिन्दुअधिराज्य र नेपालको स्थायी खम्बा-राजसंस्थालाई सम्मान गरेर नेपालको अस्तित्व बचाउन हामी सबै एकत्रित बनौं ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्