Logo

पाँचथर: मृतकको आत्मा शान्तिको कामना गर्दै मिक्लाजुङमा शोक बिदा


पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आज (सोमबार) एक दिन शोक बिदा दिइने भएको छ । गाउँपालिकाको वडा नम्बर ३ आरुबोटेमा सामूहिक हत्या गरिएका विद्यार्थी बालबालिकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक बिदा दिइएको हो ।

 

गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाका सबै शैक्षिक संस्थाहरुमा एक दिन शोक बिदा दिने निर्णय गरेको प्रमुख प्रकाशकीय अधिकृत अरुण राईले बताउनुभयो ।

मुलुकलाई नै स्तब्ध पार्ने गरी भएको हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ बर्षिया युहाना शेर्मा, १० बर्षिया मुना शेर्मा, ८ बर्षिया इक्सा शेर्मा र १० बर्षिया आशिका खजुम स्थानीय आरुबोटे माध्यमिक बिद्यालयमा अध्ययनरत थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्