Logo

‘सुन्दरी सांसद’को रुपमा भारतको १७ औं लोकसभाको चर्चित यी युवती को हुन् ?


जेठ । भारतको लोकसभा निर्वाचनमा नव निर्वाचित सांसद मिमी चक्रवर्तीको चर्चा यतिबेला चुलिंदो छ । पेशाले कलाकार रहेकी मिमी हालै सम्पन्न निर्वाचनमा तृणमुल कांग्रेस पार्टीबाट पश्चिम बंगालको जादवपुर क्षेत्रबाट निर्वाचित संसद हुन् । उनलाई १७ औं लोकसभाको ‘सुन्दरी सांसद’ भनेर भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।

बंगाली चलचित्रमा अभिनेत्रीको भूमिका निर्वाह गर्दै आएकी उनले संसदमा नेत्रीका रुपमा कस्तो भूमिका निर्वाह गर्ने हुन् ? त्यो सबैको लागि कौतुहलताको विषय बनेको छ ।

यद्यपी सामाजिक सञ्जालमा सक्रिय मिमीलाई धेरैले शुभकामना समेत दिएका छन् । प्रशंसकहरुले उनको राजनीतिक जीवन सफल बन्ने विश्वास व्यक्त गरेका छन् ।

 

उनले अभिनय गरेका दुई चलचित्र यसै वर्ष प्रदर्शनमा आउने तयारी छ । करिब एक दशकदेखि बंगाली चलचित्र र टेलिभिजनमा ख्याती कमाएकी यी ३० वर्षीय सुन्दरी राजनीतिक जीवनमा कति सफल हुने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्