Logo

आदिवासी जनजाति चलचित्र महोत्सव बृहत हुने (फिल्मको तालिका सहित)


-शान्ती किराती

काठमाण्डौ- आदिवासी जनजाति चलचित्रकर्मिहरुको साझा संस्था आदिवासी जनजाति चलचित्र महासंघले तीन दिने आदिवासी जनजाति चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । आदिवासी जनजाति चलचित्र महोत्सव राष्ट्रीय सभागृह हलमा हुनेछ ।

पत्रकार सम्मेलनको आयोजना गरी यहि जेष्ठ २४, २५ र २६ गते काठमाण्डौमा महोत्सव हुने आयोजकले जानकारी दिएको छ । महोत्सवले आदिवासी जनजातिहरुका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण प्रर्वधनका साथै पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्य  लिएर महोत्सवको आयोजना गर्न लागेको महासंघले जानकारी दिनुभयो ।

नेपाल एक बहुभाषीक, बहुजातीय, बहुधार्मीक, बहुसांस्कृतिक देश हो भनेर चिनाउने उद्देश्यले पनि महोत्सवको आयोजना गर्न लागेको हो। महासंघले स्थापना काल देखि नै आदिवासी जनजाति चलचित्रको प्रवर्धन तथा संवद्दन गर्नका लागि हरेक वर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको थियो । त्यसै अनुरुप यस वर्ष महोत्सवको आयोजना गरिएको महासंघले जनाएको छ ।

महोत्सवमा लिखित आदिवासी जनजाति चलचित्र, वृतचित्र र छोटो चलचित्र प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । आयोजकले यस महोत्सवमा जातिय संस्थाबाट छनौट भई सहभागिता जनाउने सबै चलचित्रहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिने समेत जनाएको छ ।

त्यसैगरी आदिवासी चलचित्र ‘शिलु’ २०४४ सालमा निमार्ण भएदेखि झण्डै ६०० भन्दा बढी कथानक आदिवासी चलचित्र निमार्ण भईसकेका छन् । तर, नीतिगत समस्याका कारण सोचे अनुरुप आदिवासी चलचित्रको विकास हुन सकेको छैन ।

पब्लीक चोईज अवार्ड पाउनेलाई नगद २५ हजार रुपैया पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । भने महोत्सवमा चलचित्रहरु म्ले क्यु र रिजेनासा (गुरुङ) मोङो डोङा (माझी), पुल्टी (राजवंशी), यारी र वाम्बुले सस्कार (राई), के र के-साङ्ला ( लिम्बु), सिरुवा पाबाइन (थारु), तीन पने र खुर्पेतो (मगर), धुर्सा र साङेला घ्रान (तामाङ), नौलिन भद्रकाली जात्रा र कृषा गौतमी (नेवार), छ्गु र आङा थेवा (सुनुवार)आदी प्रर्दशन गर्ने भएको छ । महोत्सवको सुरुमा झागी पनि प्रस्तुत गर्ने आयोजले जानकारी दिए ।

यस महत्वसबमा ‘आदिवासी जनजाति चलचित्र मातृभाषी चलचित्र महिलाको सवाल मातृभाषी चलचित्रका चनौती र सम्भाबनाहरु’को बिषयमा बिषेश अन्तरक्रीय समेत हुनेछ ।

फिल्मको तालिका सहित

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्