Logo

विप्लवको टार्गेटमा ‘काठमाडौं’, गृहमन्त्रीले खुलाए गम्भीर रहस्य


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौं उपत्यकालाई निसाना बनाएको बताएका छन् । सोमबार संसद बैठकमा बोल्दै गृहमन्त्री थापाले विप्लव समूहले देशभर हिंसात्मक गतिबिधि गर्दै आएको र पछिल्लो समय काठमाडौं उपत्यकालाई निसाना बनाएको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा भएको बिस्फोटका घटना त्यसैको उदाहरण भएको उनको भनाइ छ । गृहमन्त्री थापाले विप्लव समूहले जनसरकार गठन गर्दै जनसेना समेत निर्माण गरेको जानकारी सदनलाई गराएका छन् ।‘विगत केही वर्षदेखि उनीहरुले देशभर हिंसात्मक गतिबिधि गर्दै आएका छन्, प्रदेश र प्रतिनिधिसभा चुनावका बेलाका घटना, एनसेलका टावरहरुमा आगजनी र पछिल्लो समय उनीहरुको निसाना काठमाडौं उपत्यका छ’, उनले भने ।

गृहमन्त्री थापाले चार वटा कम्पनी निर्माण गर्दै विप्लव समूहले जनसेना बनाएको उल्लेख गरेका छन् । आइतबार काठमाडौंका दुई ठाउँमा भएका बिस्फोटका घटनामा मृत्यु हुने नागरिक नभएको गृहमन्त्री थापाले बताए । उनले भने, ‘दुवै बिस्फोटमा मृत्यु हुनेहरु नागरिक होइनन्, उनीहरु विप्लव समूहकै कार्यकर्ता हुन् ।’गृहमन्त्री थापाले आइतबार काठमाडौंमा भएको बिस्फोटमा चार जनाको मृत्यु भएको जानकारी सदनलाई गराएका छन् ।

उनले घटनामा आधा दर्जन जति घाइते भएको र ति सबै विप्लव समूहसम्बद्ध नै भएको बताए । विप्लव समूहका हिंसात्मक गतिबिधिलाई नियन्त्रण गरी मूलधारमा ल्याउने समेत उनले बताए । उनीहरुले शान्ति र स्थायित्वलाई प्रभाव पार्ने किसिमका गतिबिधि गरिरहेको छ, यसलाई नियन्त्रण गर्छौं’, उनले भने ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्