Logo

बन्दले जनातालाई दुःख दिने काम गर्नु जनताप्रतिको बेइमानी हो- करिष्मा मानन्धर


काठमाडौं । नायिका करिष्मा मानन्धरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दप्रति असहमति जनाउँदै छोराछोरी कुटेर छिमेकी तर्साउने खेल भएको बताएकी छन् ।

कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नागरिकलाई दुःख दिने काम गर्नु जनताप्रतिको बेइमानी भएको मानन्धरको भनाइ छ ।

“तत्कालीन माओवादीका असन्तुष्ट पक्षलाई लिएर विप्लवजीले पुनः आन्दोलन सुरु गर्नु भएको छ,” करिष्माले बाह्रखरीसँग भनिन्, “उहाँको लडाइँ सान्दर्भिक होला ? सार्थक हुन्छ ?”

सरकारले असन्तुष्ट पक्षलाई बोलाएर वार्ता र सम्वादका माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ । “सीके राउतलाई वार्तामा बोलाउने सरकारले विप्लवलाई किन बोलाउन सक्तैन ?” करिष्माको प्रश्न छ ।

जनतालाई शान्ति सुरक्षा दिने मुख्य दायित्वबाट सरकार पछि हट्न नहुने भन्दै उनले परिस्थितिलाई जटिल बनाएर आतंक सिर्जना गर्न नहुने बताइन् ।

“एक जनाको ज्यान जानु पनि धेरै ठूलो कुरा हो, यहाँ कति निर्दोष नेपालीको ज्यान गइसक्यो,” नायिका मानन्धरले भनिन्, “अब त शान्ति सुरक्षा होला र देश आर्थिक उन्नतिको बाटोका जाला भन्यो फेरि उस्तै वातावरण सिर्जना भइरहेको छ ।” विप्लवको आन्दोलन जनताको जीवन जोखिममा पारेर सत्तामा आउने चलखेल भएको करिष्मा बताउँछिन् ।

आइतबार अपरान्ह विप्लव समहूले राजधानीका घट्टेकुलो, सुकेधारा, नागढुङ्गा लगायत स्थानमा गराएको बम विष्फोटमा चार जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका छन् ।

सोमबार बिहानै देशका विभिन्न ठाउँमा विप्लव समहूले बम राखेको भेटिएको छ । विप्लव समहूले आयोजना गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

-बाह्रखरी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्