गृहमन्त्री बादल भन्छन : विप्लव समूहलाई मुलधारमा ल्याउँछौं
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे सोमबार संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए ।
राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उनले बताए ।
विप्लव समूहको बन्द र आपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको, तर शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको उनले बताए ।
‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ,’ गृहमन्त्री थापाले भने, ‘यो समूहलाई मुल धारमा ल्याउन र गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’