के भन्छन बिज्ञ : नियमित यौनसम्पर्क राख्ने व्यक्ति दुर्वल कि तागतदार ?
एजेन्सी । धेरैलाई भ्रम छ कि नियमित यौनसम्पर्क गर्ने व्यक्ति शारीरिक रुपमा दुर्वल अर्थात कमजोर हुन्छ । खेलाडी तथा बडीविल्डरहरुले सेक्स नगरेरै शरीर गठिलो बनाएका हुन् । तर त्यस्तो होइन ।
विज्ञहरु भन्छन्, बरु नियमित सेक्स गर्ने व्यक्ति हेल्दी र तागतदार हुन्छ । किनभने मांसपेसी बन्नु र यौनइच्छा बढ्नु दुबै पुरुषको सेक्स हार्मोन टेस्टोस्टेरोनबाट निर्धारण हुने हो । शरीरमा टेस्टोस्टेरोनको उत्पादन जति बढी हुन्छ यौन चाहना पनि उति बढी हुन्छ । र जति यौनचाहना बढ्छ तपाईँको शरीरको मांसपेशी पनि उती राम्रो बन्छ ।
विज्ञहरुको अर्को धारणा शारीरिक सुसंगठन ट्रेनिङबाट टेस्टोस्टेरोनका उत्पादन बढछ । यदि कोही व्यक्ति यौन रुपमा संक्रिय छ भने पनि शरीरमा पहिले देखि नै टेस्टोस्टेरोनका मात्रा प्रयाप्त हुन्छ । त्यसकारण शारीरिक सुसगठन र सेक्स दुबैले तपाईँको शरीरको मांसपेशी झन मजबुत बनाउँछ ।
विज्ञहरुले यो विषयको अनुसन्धान समेत गरेका थिए । अमेरिकास्थित एफएसएन स्पोर्ट साईन्सद्धारा गरिएको सर्भेमा एक बक्सिङ च्याम्पियनलाई छनौट गरिएको थियो ।
सुरुमा उसलाई एक हप्तासम्म सेक्स नगर्न भनियो र उसको फिटनेश प्रदर्शन जाँच गरियो । उसको टेस्टोस्टेरोनको स्तर, खुट्टाको तागत र पन्च पावरको रेकर्ड गरियो । त्यसपछि उसलाई पुन एक हप्तासम्म सेक्स गर्न भनियो र पुर्न उसको परीक्षण गरियो ।
नतिजा यस्तो आयो कि सेक्स नगरेको बेलाको प्रदर्शन भन्दा सेक्स गरेको बेलाको प्रदर्शन उत्कृष्ठ देखियो । खुट्टाको तागत र पंच पावरमा सेक्स नगर्दा भन्दा गरेपछि राम्रो देखियो । टेस्टोस्टेरोनको स्तर पहिले भन्दा २० प्रतिशतले बढ्यो ।
त्यसैले विशेषज्ञको भन्छन्, शारीरिक अभ्यास अघि सेक्स गर्ने व्यक्तिले नगर्नेले भन्दा राम्रो प्रदर्शन गर्न सक्छ । अर्थात सेक्स गर्दैमा यसको तागतमा कुनै नकारात्मक प्रभाव पर्दैन ।
भित्री कट्टु नधोई लाउनेमा पुरुष अगाडी : अध्ययन्
तपाईँले लगाएको भित्री कट्टु कति दिनमा फेर्नुहुन्छ ? फेरेपछि धुनु हुन्छ नि ? तर हालै गरिएको एक सर्भेक्षणले गजवको नतिजा देखाएको छ ।
इन्टरनेट मार्केट रिसर्च पोर्टल युगोभले गरेको सर्भेका अनुसार ९३ प्रतिशत महिलाले एक पटक लगाएको आफ्नो भित्री कट्टु अर्को पटक लगाउनु अघि धुन्छन् । तर त्यस्तो बानी गर्ने पुरुषहरु भने ८२ प्रतिशत मात्रै भेटिएका छन् । अर्थात १८ प्रतिशत पुरुषहरुले एउटै कट्टु पटक पटक तथा कयौँ दिनसम्म नफेरी नधोई लगाउँदछन् ।
सो पोर्टलका अनुसार पुरुषहरुले आफ्नो भित्री कट्टु कयौँ दिनसम्म नफेरी लगाउने गरेको वा नधोई पटक पटक लगाउने गरेको स्वीकारेका छन् ।महिलाहरुले भने सर्भेको यो नतिजा पछि पुरुषहरुको सो बानी घिनलाग्दो भएको प्रतिक्रिया दिएका छन् ।
सर्भेमा देखिएको रोचक कुराहरु
सर्भेमा दावि गरिएको छ कि पुरुषहरु महिलाको तुलनामा बढी फोहोरी हुँदा रहेछन् ।
पुरुषहरुले आफ्नो विच्छ्यौनामा लगाएको तन्ना चाह हप्तासम्म पनि नधोई प्रयोग गर्न सक्छन् । महिलाहरुले त्यस्तै गरी तीन हप्तासम्म उपयोगमा ल्याउन सक्छन् ।
काम गर्ने टेवलकै जाँच गर्ने हो भने पनि महिलाको तुलनामा पुरुषको टेवलमा १० प्रतिशत बढी व्याक्टेरिया हुन्छ ।
हात धुनमा पनि महिला अगाडी छन् । ७८ प्रतिशत महिला हात धुनका लागि सावुनको प्रयोग गर्छन तर पुरुषहरु जम्मा ५० प्रतिशतले मात्रै ।
आखिर यस्तो किन ?
दर्शनशास्त्रका प्राध्यापक शरीन क्लफ भन्छन्, यस्तो बच्चाको साथमा घरैमा अलग अलग व्यवहारका कारण हुने गर्छ । उनले भने, ‘बालकको तुलनामा बालिकाको कपडा बढी परिवर्तन हुन्छ ।’
प्रा क्लफका अनुसार केटीहरु केटा जस्तै खेलमा भाग लिदैनन् । उनीहरु धेरै जसो घरभित्रै बस्छन र खेल्छन् । यसले गर्दा पनि केटाको तुलनामा केटी स्वस्थ रहन्छन् । यो उमेर बढेसक्दासमेत हुन्छ ।