Logo

गुडिरहेको ट्रकमाथि पेट्रोल बम प्रहार यसरि गरेको रहेछ : डरलाग्दो खुलासा


कावासोती, १३ जेठ (रासस) 

नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् ।

पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् ।

उनको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढनुस….!

चितवनको रामपुरमा कुकर बम फेला , सेनाद्वारा डिस्पोज

विप्लव समूहले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवन सहित देशभर देखिएको छ । चितवनमा बन्दका कारण आज बिहानैदेखि यस क्षेत्रमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।प्रहरीका अनुसार चितवनबाट लामो दुरीका सवारीसाधन संचालनमा आउन सकेका छैनन् भने स्थानीय रुटका सवारीसाधन भने, सामान्य रुपमा संचालनमा आएका छन्। बन्दले अधिकांस शैक्षिक संस्थामा पठनपाठन समेत प्रभावित भएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्