Logo

‘भ्रष्टाचारी’ भन्दै कांग्रेसले छर्‍यो पर्चा विष्णु पौडेलको


वालुवाटार जग्गा काण्डमा मुछिएका नेपाल कम्युनिष्ट पार्टिका महासचिव विष्णु पौडेल सहभागि बुटवलको एक कार्यक्रम स्थलमा ‘भ्रष्टाचारीको मुख पनि हेर्दिन ’ भन्ने पर्चा छरिएको छ ।

नेपाली काग्रसका स्थानीय नेता कार्यकर्ताहरुले कार्यक्रम स्थल बुटवल मण्डपको मुख्य प्रवेशद्धारमै सोमबार विहान पर्चा छरेका हुन् । निकै ठुलो सुरक्षा घेरा तथा नेकपाका कार्यकर्ताहरुको विचवाट पर्चा छरिएको नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापती खेलराज पाण्डेले बताए । महासचिव पौडेल बुटवलमण्डपमा अन्तरराष्टिय प्रदर्शनी केन्द्र शिलान्यसका लागि आएका थिए । पौडेलको नजिकै पर्चा छरिएपछि केहिवेर थकेला धकेल समेत भएको थियो ।

लोकतन्त्रमा विरोध गर्न पाईने अधिकार भएपनि द्ई तिहाईको सरकारले नागरिकहरुका अधिकार हरण गर्दै लगेको टिप्पणी पाण्डेले गरे । उनले वाल्वाटार जग्गाकाण्डका विषयमा आफुहरुको विरोधको कार्यक्रम निरन्तर चलिरहने पनि कांग्रेसले जनाएको छ । वितरण गरिएको पर्चामा ‘मौका आउछ पर्खिदैन वालुवाटार अव फर्किदैन’ त्यसै गरि ‘हैट कस्तालाई भोट हालिएछ’ र ‘ म पनि भ्रष्टार चार गर्दिन, भ्रष्टाचार गर्नेको मुख पनि हेर्दिन ’ लेखिएको छ । छरिएका पर्चा समेत नेकपाका कार्यकर्ताहरुले तुरुन्तै नष्ट गरेको प्रतक्षदर्शीले बताए । यस अघि आइृतबार बुटवलमै नेता पौडेलले आफु् माथी गलत आरोप लगाईएको भन्दै त्यसको विश्वास नगर्न अगुवा कार्यकर्ताहरलाई बताएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्