Logo

विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता सात जना पक्राउ


कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ ।

 

प्रहरीले आइतबार साँझ गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् ।

उनीहरूका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्