Logo

सुकेधारा बम बिस्फोटमा घाइते हुने विप्लवका सुरेन्द्र महर्जन


काठमाडौंको सुकेधारामा भएको बम विस्फोटमा घाइते हुने विप्लव नेकपाको नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन रहेको खुल्न आएको छ।

आइतबार अपरान्ह बम विस्फोट हुँदा त्यहाँ २ जनाको मृत्यु भएको थियो।

महर्जन सोही स्थानको बम विस्फोटमा परेर गम्भीर घाइते भएको काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले जानकारी दिए।

उनी नख्खुमा एनसेलमा भएको बम विस्फोटमा प्रहरीको खोजी सूचीमा थिए।

सोही बम विस्फोटमा परी महोत्तरी भइ सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षका जीवकुमार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

विस्फोटमा विष्णु खड्का पनि घाइते भएका छन्। काठमाडौंकै घट्टेकुलोमा भएको बम विस्फोटमा विप्लव नेकपाको त्रिचन्द्र कलेजका इकाइ अध्यक्ष रविन केसी घाइते भएका छन्।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्