सुकेधारामा सिलिण्डर होइन कुकर बम विस्फोट !
काठमाडौं । प्रहरीले काठमाडौंको सुकेधारामा सिलिण्डर नभई कुकर बम विस्फोट भएको आशंका गरेको छ ।
आइतबार अपराह्न सुकेधाराको एक सैलुन र घट्टेकुलोमा एक घरमा विस्फोट भएको थियो । सुरुमा प्रहरीले समेत सिलिण्डर विस्फोट भएको खबर आएको बताएको थियो ।
तर, अनुसन्धानका क्रममा सिलिण्डर नभई बम विस्फोट भएको पाइएको छ । दुबै घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन ।
घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चा भेटिएको छ भने घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको पुष्टि भएको छ ।
सुकेधारामा विस्फोटपछि उद्दारमा संलग्नहरुले सिलिण्डर नभई कुकर बम विस्फोट भएको बताएका छन् ।
त्यहाँ पनि घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन । प्रहरीले पनि दुबै घटनाको प्रकृति एउटै भएको बताएको छ ।