Logo

तन्नेरी गायक कौशलराजको स्वरमा नयाँ गीत ‘यात्रा हो जिन्दगी’ सार्बजनिक


-प्रशन्न श्रेष्ठ


काठमाण्डौ- सांगीतिक क्षेत्रमा आफ्नो सुमधुर स्वर मार्फत परिचय बनाउन प्रयासरत नव गायकको नाम हो- कौशल राज खड्का । रुचिले यिनी मिठो स्वरका धनी गायक भए तापनि लुक्सका आधारमा यिनी नायकजस्तै हाइट र वेट भएका हेन्डसम अनि गूड लुकिंग पनि देखिन्छन ।
यिनै तन्नेरी गायक कौशलराज ‘मायाको डुंगा’ शीर्षकको गीति एल्बमको तयारीमा छन् । फुटकर रुपमा केही गीत गाइसकेका कौशलराजले चलचित्रमा समेत गाउने मौका पाइसकेका छन् । संगीतको विधिवत शिक्षा लिईरहेका कौशलराजको स्वरमा स्वरबद्ध भएको आधुनिक गीत “यात्रा हो जिन्दगी” को म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । योभन्दा अघि कौशलराजको स्वरमा ‘दैब लाग्यो यो धर्तीमा’ बोलको गीत रहेको म्युजिक भिडियो पनि सार्बजनिक भैसकेको छ जसमा उनी आफैले मोडलिंग गरेका छन् र उक्त् म्युजिक भिडियोमा उनी निकै आकर्षक देखिएका पनि छन् ।
बि.बि.थापाको रचनामा मनोज चौलागाईको संगीत रहेको यो गीत ‘यात्रा हो जिन्दगी’ निकै नै कर्णप्रिय बनेको छ । ‘म त सबैदेखी दूर भएँ, कहिले रुँदै गएँ, कहिले हाँस्दै गएँ,’- गीतमा रहेको यी हरफहरु पनि निकै मार्मिक छ । सेमी क्लासिकल टाइपको यो गीतमा गायक कौशलराजको स्वर पनि निकै खुलेको छ ।
गीतका कतिपय ठाउँमा उनको स्वरमा निकै परिपक्वता भेटिन्छ र ती ठाउँहरुमा एउटा नव गायकले गाइरहेको नभएर कुनै परिपक्क गायकले गाइरहेको आभास हुन्छ । त्यसैले यस गीतको भाव र गीत अनुरुपको लयमा कौशलराजको मिठो अनि माझिएको स्वरले दर्शक-श्रोताको मनमा राज गर्यो भने अनौठो र आश्चर्य नमान्दा हुन्छ ।
म्युजिक भिडियोमा अभिनय गर्ने कलाकार द्वय विकास र अन्जुले पनि गीतको भाव अनुसार अभिनय गरेर गीतप्रति न्याय नै गरेका छन् । म्युजिक भिडियोमा क्यामेराको जिम्मेवारी लिएका प्रकाश गुरुङ , सम्पादनमा माधव बेलबासे र निर्देशनमा नेत्र गुरुंगको काम निकै नै प्रशंसनीय छ ।
नव प्रतिभा गायक कौशलराज खड्काको यो मिहिनेत र सत्प्रयासमा दर्शक श्रोताको माया मिसिने कुरामा बिश्वस्त हुन सकिने कुरा कौशलराजको मिठो गायकीले भनिसकेको छ भन्दा फरक नपर्ला ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्