Logo

रक स्टार गायिका सरस्वती लामालाई ज्यान मार्ने धम्की


गायिका सरस्वती लामाले आफ्नोे श्रीमान धनबहादुर लामाले ज्यान मार्ने धम्की दिइरहेको खुलासा गरेकी छिन् । आफ्नो ज्यान खतरामा रहेको भन्दै लामाले कुनै पनि बेला आफु मारिन सक्ने भन्दै जीवनरक्षाका लागी पनि आग्रह गेरेकी छिन् ।

आज संवाद चौतारीमा पत्रकार सम्मेलन गर्र्दै लामाले आफुलाई श्रीमान धनबहादुर लामाले झुटो आरोप लगाएर दुख दिइरहेको बताइन । यस अघि उनका श्रीमान धनबहादुर लामाले श्रीमती सरस्वतीले एक करोड ६ लाख ठगि गरेको आरोप लगाए पछि पत्रकार सम्मेलन गर्दै त्यसको प्रतिवाद गरेकी छिन् ।
आफुले उक्त रकम ठगि गरेको भए प्रमाण सहित आउन पनि सरस्वतीले चुनौती दिएकी छिन् ।
६ बर्ष अघि देखिनै श्रीमान सँगको सम्बन्ध विग्रिएको बताउँदै आफुले डिभोर्स मागेका कारण गलत आरोप लगाएर आफुलाई बदनाम गराउँन खोजिएको बताइन । ११ बर्ष अघि धनबहादुर लामा सँग विवाह गरेर आफु पनि लामा भएको तर आज बाट आफ्नो परिचय सरस्वती लामा नभएर सरस्वती भुजेल भएको समेत उनले बताइन । विवाह गरेको केहि बर्ष पछि श्रीमान धनबहादुर लामाले अस्पताल लगेर अप्रेसन गरि पाठेघर फाल्न लगाएर आफ्नो बच्चा नहुने बनाएको पनि सरस्वतीले खुलासा गरिन । एक करोड आम्दानीनै नभएको मान्छेको एक करोड मैले कसरी ठग्न सक्छु ?भन्दै लामाले अहिले आफ्नो प्रगती देखेर बदनामीत गर्न खोजिएको बताइन ।

६ बर्ष अघि नै बिग्रिएको सम्बन्ध किन अहिले सम्म बाहिर ल्याउनु भएन भन्ने पत्रकारको प्रश्नमा सरस्वतीले घरायसी कुरालाई किन बाहिर ल्याउँनु भनेर आफु चुप लागेर बसेको तर धनबहादुरनै आफ्नो बदनाम गराउँन मिडिया बाजी गर्न थालेपछि आफु बाध्य भएर यथार्थ कुरा राख्न मिडियामा आएको बताइन ।
पिटर खालि सँग आफ्नो सम्बन्धको बारेमा नानाथरी आरोप लगाउँदै चरित्रहत्या गर्न खोजिएको भन्दै उनले श्रीमान धनबहादुरले लगाएका सबै आरोप पुष्टि गर्न चुनौती दिएकी छिन् । एक करोड दिने भए दे नदिने भए मिडियामा गएर बेइजत गर्दिन्छु भन्दै आफुलाई पटक पटक ब्याल्क मेल गर्ने काम भइरहेको उनको जिकिर थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्