Logo

सुतिरहेकी वृद्धाको हत्या, श्रीमान् र नाति घाइते


दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ३ काटैमा एक वृद्धा मृत भेटिएकी छिन्। ७१ वर्षीया द्रोपती महरा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन्। रातिसँगै सुतिरहेका श्रीमान् र नाति गम्भिर अवस्थामा भेटिएपछि हत्याको आशंका गरिएको छ।

मृतकका ७५ वर्षीय श्रीमान् वीरभान महरा र १४ वर्षीय नाति लोकेश घाइते अवस्थामा घरभित्रै भेटिएका हुन्। बिहान अबेरसम्म घरको आधा ढोका मात्रै खुला देखेपछि स्थानीयले घरभित्र हेर्दा वृद्धा मृत अवस्थामा रहेकी र बृद्धाका श्रीमान् र नाति गम्भिर अवस्थामा भेटिएका स्थानीयले बताएका छन् ।

अहिले घटनास्थलमा प्रहरी पुगेर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगेको बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्