सगरमाथामा मृत्यु ट्राफिक चापले मात्रै भएको होइनः पर्यटन विभाग
काठमाडौं । पर्यटन विभागले सगरमाथा लगायत क्षेत्रमा परी निधन भएका आरोहीको मृत्युको कारण केवल ट्राफिक चाप मात्र नरहेको स्पष्ट पारेको छ । आइतबार विज्ञप्ती जारी गर्दै विभागले हिमालमा अनेक प्रतिकूलताका कारण मानिसको निधन हुने भन्दै केवल ट्राफिक चापका कारण निधन भन्ने आषयको प्रचारले सगरमाथाको महत्व र गरिमा होच्याउने काम गरेको उललेख गरेको छ ।
आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने उल्लेख गरेको छ । विभागका अनुसार बसन्त ऋतुमा ३२ हिमालका लागि ११६ आरोहण अनुमतिमार्फत ८९५ जनालाई हिमाल आरोहणको अनुमति थियो ।
यस सिजनमा मात्र हिमाल आरोहणमा जाने र र्फकने क्रममा १६ जनाको मृत्यु भइसकेको छ । सगरमाथामा मात्र ८ जनाको निधन भएको छ ।
किन भयो सगरमाथामा चाप ?
विभागका अनुसार १४ मे २०१९ मा डोरी टाग्ने काम पुरा भएको थियो । त्यसपछि १६ मेसम्म मौसम अनुकूल थियो । त्यसो समयमा थोरै मात्र आरोही माथि पुग्न सके । त्यसपछि २१ मेसम्म मौसम प्रतिकूल भयो ।
एक जना आरोही पनि चुचुरोसम्म पुग्न सकेनन् । त्यसपछि २१ मेबाट पुनः मौसम अनुकूल हुन थाल्यो । २१ मेमा चुचुरो पुग्ने योजना बनाएका अधिंकाश आरोही दू्रत हावाका कारण चौथो शिविरमा दुई रात बस्न बाध्य भए ।
त्यसकारण २२ र २३ मे का दिन चौथो शिविरदेखि माथि आरोहीको भीड लागेको विभागका स्पष्ट पारेको छ । (श्रोत : अनलाईनखबर )
यो पनि पढ्नुस …! सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्नेलाई कारबाही गर सरकार ?
काठमाडौं । विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेका छन् ।
अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले अत्यन्त पवित्र र आस्थाको केन्द्र मानिने सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरेका हुन् ।
ह्युज ए रेक्सहनले विश्वको सर्वोच्च शिखर सगरमाथामा हस्तमैथुन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखिएको छ ।
‘आज सगरमाथासँगका सबै कीर्तिमानहरू तोडिँदै गर्दा हामीले पहिलोपटक पृथ्वीको सबैभन्दा उच्च शिखरमा हस्तमैथुन गरेको देखेको छौँ’, करिम शाह निजारीले ट्वीटमा तस्वीर राखेर भनेका छन्, ‘भर्जिन आइल्यान्डका ३६ वर्षीय ह्युज ए रेक्सहनले स्थानीय समयअनुसार ११ः११ बजे बिहान १ सय २० दर्शकहरूको उपस्थितिमा यो उपलब्धि हासिल गरेका हुन् ।’
करिम शाह निजारीले हस्तमैथुन गर्दै गरेको तस्वीर ट्वीटरमा पोस्ट गर्दै ट्वीट गरेका छन् । रेक्सहन बिहीबार सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् ।
अमेरिकन नागरिकले विश्वकै सर्वोच्च शिखर सथरमाथाको चुचुरोमा पुगेर गरेको यो दुश्सासको चौतर्फी विरोध भएको छ ।
सगरमाथाको चुचुरोमा पुगेर हस्तमैथुन गर्ने अनुमति कसले र किन दियो भनेर कम्युनिस्ट सरकारको आलोचना भएको छ ।
सामाजिक सञ्जालमा सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्ने अमेरिकन नागरिक उनीसँगै रहेका साथीहरूलाई कारबाहीको माग गरिएको छ ।
नेपालको आस्थाको केन्द्र सगरमाथाको चुचुरोमा भगवान गौतम बुद्धको मूर्ति पनि राखिएको छ । यति पवित्र स्थानमा उट्पट्याङ गर्नेहरूलाई छुट दिन नहुने माग उठेको छ ।
अमेरिकन नागरिकले सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्दै गरेको तस्वीर खिचाएका छन् । उनको यो कार्यले पौने तीन करोड नेपालीहरूको चित्त दुखाएको छ । ती अमेरिकन नागरिकविरुद्ध सामाजिक सञ्जालमा आलोचना भएको भएको छ । -रिपलिका दैनिकबाट