ट्राफिक जामका कारण सगरमाथामा मृत्यु हुनेको संख्या आठ पुग्यो
यो वर्षको बसन्त सिजनमा सगरमाथा आरोहण गर्न जानेको संख्या धेरै हुँदा चुचुरोमै जाम भएको छ। एकैपटक धेरै आरोहीहरु जाँदा जाम भएको हो। यसरी जाम हुँदा मृत्यु हुनेको संख्या आठजना पुगेको छ। जसमा एकजना नेपाली पनि परेका छन्।
सरकारी सम्पर्क अधिकृतको रुपमा सगरमाथा पुगेका ज्ञानेन्द श्रेष्ठकाअनुसार आज एकजनाको मृत्यु भएको छ। उनकाअनुसार आजसहित सगरमाथामै मृत्यु हुनेको संख्या आठ पुगेको छ।
चीनले यो वर्ष सरसफाइ गर्ने भन्दै सगरमाथा आरोहण बन्द गरिदिएपछि नेपालबाट आरोहण गर्नेको सख्या बढेको हो। एकातिर संख्या बढेको र अर्कोतिर मौसम पनि प्रतिकुल भएका कारण योपटक एउटै सिजनमा धेरै ज्यान गएको अधिकारीहरुले बताएका छन्।
मौसमी अवस्था र आरोहण क्षमता अनुमान नगरी जथाभावी आरोहणको अनुमति दिने सरकारी व्यवस्थाका कारण पनि यस्तो भएको कतिपयको आरोप रहेको छ। (श्रोत : सेतोपटी )
यो पनि पढनुस...! सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्नेलाई कारबाही गर सरकार ?
काठमाडौं । विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेका छन् ।
अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले अत्यन्त पवित्र र आस्थाको केन्द्र मानिने सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरेका हुन् ।
ह्युज ए रेक्सहनले विश्वको सर्वोच्च शिखर सगरमाथामा हस्तमैथुन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखिएको छ ।
‘आज सगरमाथासँगका सबै कीर्तिमानहरू तोडिँदै गर्दा हामीले पहिलोपटक पृथ्वीको सबैभन्दा उच्च शिखरमा हस्तमैथुन गरेको देखेको छौँ’, करिम शाह निजारीले ट्वीटमा तस्वीर राखेर भनेका छन्, ‘भर्जिन आइल्यान्डका ३६ वर्षीय ह्युज ए रेक्सहनले स्थानीय समयअनुसार ११ः११ बजे बिहान १ सय २० दर्शकहरूको उपस्थितिमा यो उपलब्धि हासिल गरेका हुन् ।’
करिम शाह निजारीले हस्तमैथुन गर्दै गरेको तस्वीर ट्वीटरमा पोस्ट गर्दै ट्वीट गरेका छन् । रेक्सहन बिहीबार सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् ।
अमेरिकन नागरिकले विश्वकै सर्वोच्च शिखर सथरमाथाको चुचुरोमा पुगेर गरेको यो दुश्सासको चौतर्फी विरोध भएको छ ।
सगरमाथाको चुचुरोमा पुगेर हस्तमैथुन गर्ने अनुमति कसले र किन दियो भनेर कम्युनिस्ट सरकारको आलोचना भएको छ ।
सामाजिक सञ्जालमा सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्ने अमेरिकन नागरिक उनीसँगै रहेका साथीहरूलाई कारबाहीको माग गरिएको छ ।
नेपालको आस्थाको केन्द्र सगरमाथाको चुचुरोमा भगवान गौतम बुद्धको मूर्ति पनि राखिएको छ । यति पवित्र स्थानमा उट्पट्याङ गर्नेहरूलाई छुट दिन नहुने माग उठेको छ ।
अमेरिकन नागरिकले सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्दै गरेको तस्वीर खिचाएका छन् । उनको यो कार्यले पौने तीन करोड नेपालीहरूको चित्त दुखाएको छ । ती अमेरिकन नागरिकविरुद्ध सामाजिक सञ्जालमा आलोचना भएको भएको छ । -रिपलिका दैनिकबाट