Logo

गायिका तायाहाङ्मा राई कोरियामा दमदार प्रस्तुती दिदै


चर्चित सुमधुर स्वर कि धनी गायिका तथा सङ्गितकार तायाहाङ्मा राईको एकल साङ्गितिक साँझ कोरियाको दोश्रो ठूलो शहर बुसानको किम्हेमा अबस्थित लुम्बिनी रेस्टुरेन्टमा सनिबार बेलुका भब्य र सभ्यताका साथ सु-सम्पन्न भयो।

एकल साङ्गितिक साँझ किम्हेमा लोहोरी सुनाउन मेरि आमा…,पैसा ले नै यहाँ सबथोक किन्दोरहेछ…, मौलिक हाम्रो पहिचान…, डम्फु र सेलो…., लाम त माया…,कुरिरह…,कोहि छ जस्ता दर्जनौ साङ्गितिक प्रस्तुति दिएर दर्सक स्रोताहरुलाई नचाउन सफल भएकी थिईन।

कार्यक्रमको आयोजक लुम्बिनी रेस्टुरेन्टका प्रोपाईटर परि गुरुङ समाजसेवि न्यु भिजन ग्रुपका सम्योजक सन्जिब राई गितकार, सङ्गितकार, समाजसेवि कार्यक्रम सम्योजक चन्द्र लामा अनुरागले सयुक्त रुपमा गरेका हुन। आयोजकको तर्फबाट गायिका तायाहाङ्मा राईलाई दोसल्ला सहित भब्य सम्मान-पत्र प्रदान गरिएको थियो।

एकल कार्यक्रम लिएर मे १४ मा कोरिया आउनु भएकी गायिका तायाहाङ्मा राईले मे १८ मा तेश्रो ठूलो सहर देगुमा अबस्थित तारा रेस्टुरेन्ट मा भब्यताका साथ कार्यक्रम सफल भएको थियो, भने अहिले कोरियाको विभिन्न शहरहरुमा साङ्गितिक प्रस्तुतीमा निक्कै नै ब्यस्त रहेकी छिन।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्