अशोक राई भन्छन -प्रधानमन्त्रीले समृद्धिको गीत गाएर समृद्ध देश बन्दैन
विराटनगर : समाजवादी पार्टी नेपालका वरिष्ट नेता अशोककुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको गाना गाइरहेको बताएका छन् ।
शनिबार बिराटनगरमा समाजवादी पार्टी नेपालको भाव सम्प्रेषण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सबै किसिमको उत्पीडनको अन्त्य नभएसम्म समृद्धिको गीत प्रधानमन्त्री ओलीले गाए पनि समृद्धि नआउने जिकिर गरेका छन् । राजाले पनि समृद्धिको गीत गाए पनि समृद्धि नआएको बताउँदै नेता राईले सत्तारुढ नेकपाले सारेको समृद्धि नेपालको नारा असमाबेसीको विचमा, भ्रष्टचारको विचमा समृद्धि दिवा स्वास्वप्न हुने बताएका छन् ।
१ बर्षमा बजेट खर्चेको भन्दै अहिले ५० प्रतिशत पनि खर्च नगरेकोमा आलोचना गर्दै उनले गरिब सडकमा सुत्ने किसिमको समृद्धि आवश्यक नरहेको बताएको बताए । शक्ति सन्तुलन नमिलेकाले अहिलेको संघीयताले पहिचानको प पनि नआउने बताउँदै उनले सर्वग्राही संविधान बनाउन काँधमा ठूलो जिम्मेवारी पार्टीले बहनु गर्नुपर्ने बताएका छन् ।