Logo

आगलागी हुँदा १५ बालबालिकाको मृत्यु : गुजरातमा भीषण आगलागी


काठमाडौं– भारतको गुजरात राज्यको सुरत सहरको एक व्यवसायिक भवनमा आगलागी भएको छ। शुक्रबार दिउँसो ठूलो व्यवसायिक भवनको माथिल्लो तलामा आगलागी हुँदा १५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।। मृत्यु हुनेहरु सबै बालबालिका रहेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा रहेको कोचिङ सेन्टरमा बालबालिका अध्ययन गरिरहेका थिए। ठूलो भवनको माथिल्लो तलामा आगो सल्किएपछि ज्यान बचाउन धेरै बालबालिकाले हाम फालेका थिए। सोही क्रममा एकसाथ धेरैजनाको मृत्यु भएको हो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्