Logo

जलस्रोतको धनि नेपाल विदेशबाट पिउने पानीसमेत आयात , १ करोड १८ लाखको पानी


बर्तमान सरकारले नेपालको पानी कतार लगायत देशमा निर्यातको कुरा गर्दै गर्दा सरकारकै एक अंगको ताजा तथ्याक अनुसार नेपालले अरु देशबाट नै पानि आयात गरिरहेको घटना सार्बजनिक भएको छ ।

भन्सार विभागको ताजा तथ्याङक अनुसार छिमेकी देश भारत, चीन, अमेरिका, वेलायत लगायतका देशबाट ९ महिनामा १ करोड १८ लाख रुपैयाँ बरावरको बोतलबन्द पानी आयात भएको छ । आयातको यो क्रम बढीरहेको छ । जस्तो आर्थिक वर्ष ०७३/०७४ मा १ करोड ५० लाखको पानी आयात भएकोमा ०७४/०७५ मा १ करोड ८१ लाख रुपैयाँ पुग्यो ।

अनौपचारिक माध्यम अर्थात भन्सार छलेर कति पानी आइरहेको छ त्यो भने हिसाब किताब नै छैन । नेपालबाट निर्यात भने यो वर्ष भएकै छैन । केही व्यवसायीहरुले नमुना मात्र पठाएको भन्सार विभागले बताएको छ । एकतिर नेपाली पानी उद्योगको क्षमता विकास भएको छैन भने अर्कोतिर उपभोक्तालाई गुणस्तरको प्रत्याभूति दिलाउन पनि सकेको छैन । यही कारण विदेशबाट पिउने पानीसमेत आयात भइरहेको छ ।

नेपालमा पानी उद्योग काठमाडौंमा करिब तीन सयको हाराहारीमा छन् । यो वर्ष कोलिफर्म भेटीएको र गुणस्तर कायम गर्न नसकेको भन्दै ३३ उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कारवाही गरेको छ। देशभरका पाँच सय उद्योगले गुणस्तरयुक्त पानी उत्पादन र वितरण नगर्नाले पिउने पानीमासमेत परनिर्भर हुनु दुर्भाग्यपुर्ण छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्