Logo

चीनले तोकिएको मितिभन्दा अगाडि नै दरबार हाईस्कूलको पुनर निर्माण सम्पन्न गर्यो


भूकम्पले क्षति पुगेको नेपालको सबैभन्दा पुरानो दरबार हाई स्कूलको पुनर्निर्माणको काम सिकएको छ । चीन सरकारको सहयोगमा बनेको स्कूलको पुनर्निर्माणको मुख्य काम सकिएको हो ।

शुक्रवार स्कूल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नौ महीनामा नै स्कूलको पुनर्निर्माणको मुख्य काम सकिएको जानकारी गराइन् । चीनको साङ्घाइ कन्ट्रक्सन ग्रुपले चिनियाँ र नेपाली कामदारको सहयोगमा पुनर्निर्माण शुरु गरेको थियो ।

राजदूत यान्छीले भूकम्पबाट भत्किएपछि विद्यार्थीले स्कूलमा पढ्न नपाएकाले चाँडै नै कक्षा कोठामा पढ्ने वातावरण बनाउनका लागि पुनर्निर्माणको काम द्रुतगतिमा गरिएको बताइन् ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राविधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले छोटो समयमा नै चिनियाँ कम्पनीले स्कूलको पुनर्निर्माण गरेको बताए ।

उनका अनुसार दरबार हाइस्कूलसँगै सिन्धुपाञ्चोकमा दुई, रसुवामा दुई र दोलखामा दुई स्कूलको पुनर्निर्माण चिनियाँ सरकारको सहयोगमा भइरहेका छन् ।

पुनःनिर्माण सम्पन्न भएको मुख्य भवनको शुक्रबार एक कार्यक्रमका बीच चीनका लागि नेपाली राजदूत हउ यान्छी र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन् ।

 

दरबार हाईस्कूलका प्रधान्याध्यापक हेमचन्द्र महतोले १० महिनाभित्रै भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए । यद्यपि उक्त भवनको फिनिसिङको काम सक्न अझै ४ महिना लाग्ने जनाइएको छ ।

पुनःनिर्माण सम्पन्न भवन ४ तलाको छ । भवनमा ४६ कोठा छन् । २० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने १८ साउन २०७५ देखि दरबार हाईस्कूलको पुनःनिर्माण शुरु गरिएको थियो ।

२०१० सालमा स्थापना भएको दरबार हाईस्कूल नेपालको पहिलो आधुनिक विद्यालय हो । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले सो विद्यालयको भवन ध्वस्त बनाएपछि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनःनिर्माण शुरु भएको हो ।

आगामी मंसीर भित्र नयाँ भवनमै पठनपाठन शुरु गर्ने पनि हाइस्कुलका प्रधानाध्यापक महतोले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्