कोरियामा किराति राईहरुले आफ्नो महान चाड उभौली : साकेला रौनक (फोटो फिचर सहित)
-चिन्तित कन्दङ्वा लिम्बु
बुसान कोरिया / किरात समुदायकाे प्रमुख सांस्कृतिक चाड उभौली हिजो आईतबार कोरियाको बुसान सामराक पार्कमा भब्यताका साथमा सम्पन्न भएकाे छ । खासगरी राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मंसिर पू्र्णीमामा उधाैली र वैशाख पूर्णीमामा उभाैली मनाउने गर्दछन् । प्रकृति र पितृ पुजक किरातीहरूले आफ्नाे पुर्खा र पितृहरूकाे सम्झनामा पुजा-आजा गरी याे चाड मनाउने चलन चलिआएको पाईन्छ । किरातहरू मन्दिरमा गएर कुनै अमूर्त नामकाे भगवान वा देवी-देवतालाई पुज्दैनन् ।
उनीहरू आफ्नै पुर्खा र प्रकृतिलाई नै महान ठान्दछन् । हरेक पटक उधाैली र उभाैलीमा खासगरी चार किरात समुदायले आ-आफ्नाे ढंगले पुजाआजा गरी चाड मनाउछन् । राईहरुले साकेला उधाैली र उभौलीको रूपमा मंसिर र बैसाखमा याे चाड मनाउँछन् । यस अवसरमा उनीहरू विभिन्न स्थानमा भेला भएर साकेला नाच्दछन् भने मिठा खानाका परिकार लिदै आपसमा शुभकामना आदान प्रदान पनि गर्ने गर्दछन् ।
त्यसै गरेर किरात राई यायोख्खा बुसान शाखाको आयोजनामा हिजो सम्मपन्न कार्यक्रममा नेपालाबाट आमंत्रित गायिका मेनुका राई र तयाहाङमा राईको साथमा औपचारिक र अनौपचारिक तबरले कार्यक्रम गरिएको थियो । औपचारिक कार्यमको प्रमुख अतिथिमा किरात यायोख्खा दक्षिण कोरियाका अध्यक्ष बालनन्द राई रहनु भएको थियो भने बिशेष अथितिहरुमा – पुर्बान्चल सरोकार समाजका अध्यक्ष अमृत राई, आदिबासी जनजाति महासंघ बुसान शाखाका अध्यक्ष मिलन सोझे राई, एन आर एन ए बुसान शाखा का अध्यक्ष उमेश मेवाहाङ राई, एन आर एन ए किम्हे शाखाका अध्यक्ष बेलमन थापा, एन सी सी बुसान शाखाका उपाध्याक्ष बिबिन्द्र राई, कियाचु बुसान शाखाका अध्यक्ष किरण कन्दङवा, मगर संघ बुसान शाखाका अध्यक्ष युद्द सलामी मगर, तामाङ समाज बुसान शाखाका कार्यबहाक अध्यक्ष सुजित घिसीङ, तमुधि बुसान शाखाका अध्यक्ष अनिष गुरुङ, त्यसै गरेर अथितिहरुमा -लुम्बिनी रेस्टुरेन्टका संचालक नरेश सिरिश मगर, दुर्गा रेस्टुरेन्टका संचालक मधु महत. न्यु भिजन ग्रुपका अध्यक्ष सन्जिब राई लगायत यस क्षेत्रमा रहनुभएका अग्रज बुद्दिजिवि,अन्य विभिन्न संघ संस्था, पत्रकार,कलाकार, व्यावसायि, विध्यार्थी विभिन्न क्षेत्र संग सम्बन्धित बौद्धिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
समय अनुकालताले भने जस्तो साथ दिन नसके पनि परम्परा अनुसार पुजा आजा गरी खाजा खाना संगै राईहरुको साकेला नाच र कियाचु बुसान शाखाको उपस्थितिमा च्याब्रुङ (केलाङ ) नाचा प्रस्तुत गरिएको थियो । “सस्कार सस्कृति हाम्रो पहिचान सबै नेपालीले गरौ संरक्षण र सम्मान” भन्ने मुल नाराका साथ प्रबासी भूमिमा छरिएर रहेका सम्पूर्ण जातिहरुलाई एकिकृत गर्दै कला, भाषा, संस्कार , संस्कृतिको संरक्षण , विकास , प्रवर्धन र विश्वव्यापिकरणमा जोड दिने उदेश्यले हरेक साल मनाउँदै आईरहेको साकेला यस वर्ष पनि भब्य रुपमा किराया बुसान शाखाले अध्यक्ष दोस्तिहाङ राईको अध्यक्षतामा सम्म्पन्न गरेको छ । -नमस्तेनेपाल बाट
(फोटो फिचर)