एक लाख राशिको सम्मान सहित ‘यलम्बर सांस्कृतिक सम्मान कार्यक्रम २०७६’ हुँदै

काठमाण्डौ- किराँती नव-सांस्कृतिक केन्द्रले जेष्ठ २९ गते ‘यलम्बर सांस्कृतिक सम्मान कार्यक्रम २०७६’ नामक एक भब्य कार्यक्रम जमल स्थित नाचघरमा गर्दैछ ।
किरातिहरुको महान चाड उभौलिको अबसरमा पारेर यस कार्यक्रम गर्न लागेको हुन । यस कार्यक्रममा बरिष्ठ गितकार तथा संगीतकार शम्भु राई, गायिका बिमला राई, कुबेर राई र मेलिना राईको दमदार प्रस्तुती हुनेछ ।
‘नौ लाख किरातिको एउटै शान ! पुर्खाको बिरासत हाम्रो पहिचान’ भन्ने मुल नाराको साथ कार्यक्रम हुन लागेको हो ।
यस कार्यक्रममा एक जना बरिष्ठ किरातीलाई एक लाख राशिको सांस्कृतिक सम्मान गर्ने भएको छ । साथै दुई जना किरातिहहरुलाई नब-सांस्कृतिक सम्मान पच्चिस/पच्चिस हजार राशिले सम्मान गर्ने भएको छ ।
बरिष्ठ कबी तथा साहित्यकार भूपाल राईद्वारा रचित गिती एल्बम ‘सेवा ढोग’ समेत बिमोचन हुने भएको छ । साथै ‘फर्क यावाची फर्क’ गितको म्युजिक भिडियो समेत सार्बजनिक गरिनेछ ।
बरिष्ठ कबी तथा साहित्यकार भूपाल राई भन्नुहुन्छ, किराँती नव-सांस्कृतिक केन्द्र आफैमा एक आन्दोलनको नाम हो । यसपटक यसले फेरि निक्कै गतिलो शिर्जनशिल काम गर्ने तत्परता देखाएछ ।’
यस कार्यक्रममा ख्याती प्राप्त कलाकाहरु डक्टर किरात, रुप कुमार राई, कला राई, सरला राई, कन्काईष्ट राई, बेनुका राई, पार्बती राई, मिना राई, शिला राई, लीला राई, जानुका राई, दिपक राई, दिपेश राई, दीपेन्द्र राई, नबिन्द्र राई, नरेन्द्र राई, निश्चल राई र मनिषा राई लगायत छन ।
यस सस्थाले यस अघी २०६९ सालमा दुई अभिनेताहरु दयाहाङ राई र विल्सन बिक्रम राईलाई सम्मान गरी सकेको छ ।
किराती मुक्ती आन्दोलनसँग सम्बन्धित साहित्यकार र कलाकारहरुलाई यो सम्मान दिईने साथै भोलिको दिनमा सबै भन्दा ठुलो राशिको सम्मान बनाउने उद्देश्य रहेको कुरा यस कार्यक्रमको संयोजक राकेश किरातीले बताए ।