Logo

बिष्लेषण रिपोर्ट : अन्सारीले हाँसी हाँसी गिरफ्तारी दिनुको कारण यस्तो पो !


७ करोड ६७ लाख ९४ हजार बराबरको नक्कली भारतीय नोट काठमाडौं भित्र्याएका युनुस अन्सारी सहित अन्य केहि व्यक्तीलाई नेपालको एयरपोर्ट बाट प्रहरीले पक्राउ गर्यो । घटनाको प्रकृती हेर्दा युनुसले प्रहरीले पक्राउ गरेको भन्दा पनि उनले आफ्नै रहरले आत्मसमर्पण गरेजस्तै अनौठो दृश्य देखियो विमानस्थलमा । भारतको सदाबहार सत्रु जस्तै रहेका अन्सारीलाई भारतले नक्कली नोटको पार्यायवाचीकै रुपमा चिन्ने गर्दछ । यस अघि पनि नक्कली भारुको कारोबार गरेर पटक पटक जेल पर्दै र छुट्दै गरेका अन्सारीलाई भारतीय सुरक्षा संयन्त्रले तारो बनाउँदै आएको थियो । जेल भित्रै रहँदा समेत सुटरको आक्रमणमा परेर भाग्यले बाँच्न सफल अन्सारीले बाहिर रहँदा कुनै पनि बेला मारिने सक्ने आकलन गरेरनै जानीजानी प्रहरी बोलाएर गिरफ्तारी दिएको आशंका गरिएको छ ।

नक्कली नोट कारोबारी माथि निर्मम रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारी बहुमतका साथ दोस्रो पटक प्रधानमन्त्री हुने पक्का भएको भोलीपल्टै अन्सारी पक्राउ पर्नुले पनी रहस्यलाई थप पेचिलो बनाएको छ । भारतीय सुरक्षा युनिट बाट कुनै पनि बेला मारिन सक्ने बझेरनै जेल मा भए सुरक्षित बाँच्न सकिने आशाले युनुुस आफैँले गिरफ्तारी दिएको आकलन गरिएको छ । नेपाली टोपीमा सहिजए नक्कली भारतीय
नोट लिन विमानस्थल जाँदा प्रहरीको फन्दामा परेका अन्सारीमा कुनै पनि हिनताबोध थिएन । हाँसीहाँसी गिरफ्तारी दिएका उनले प्रहरीले माक्स लगाउँनु भन्दा पनि माक्स लागाउँन मानेनन् बरु हाँसीहाँसी पत्रकारलाई पोज दिए । मानौँ की प्रहरीले पक्राउ गरेकोमा उनी दुखि होइन खुशि छन् ।

भारतमा नयाँ शक्तिशाली सरकार बने सँगै आफुलाई कुनै पनि बेला मारिन सक्ने अनुमान गरेर नै जेलको यात्रा युनुुसले रोजेको कतिपयको विश्लेषण रहेको छ । बाराका पूर्वमन्त्री एमाले नेता सलीम मिया अन्सारीका छोरा हुन् । उनी पहिलो पटक पक्राउ पर्नुअघि काठमाडौंमा एक निजी टेलिभिजनका सञ्चालक थिए । तर, पक्राउ परेसँगै उनको टेलिभिजन बन्द भएको थियो ।

अनुसन्धान अधिकारीहरुका अनुसार अन्सारी नेपालमा नक्कली भारतीय नोट भित्र्याउने मुख्य व्यक्ति हुन् । ‘उनीहरुको भाषामा यसलाई बुगी पनि भनिन्छ’, ती अधिकारीले भने, ‘नेपालसम्म रकम ल्याइसकेपछि विभिन्न ठाउँमा रहेको सञ्जालमार्फत थोरै थोरै परिणाममा भारततिर पैसा पठाउने गरेको देखिन्छ ।’

अन्सारी कुस्ती खेलाडी संघका पूर्वअध्यक्ष समेत हुन् । उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन एकीकृत माओवादीबाट समानुपातिक सांसद बनेकी थिइन् । प्रहरी अधिकारीहरुका अनुसार उनी पहिले अनौपचारिक कुराकानीमा आफू नक्कली नोटको कारोबारी नभएको दाबी गर्थें । उनी भन्थे, ‘म नक्कली नोटको कारोबारी होइन तर, मलाई जबरजस्ती हो नै भन्छन् भने किन नगर्ने ’

हरेकपटक भारतीय नक्कली नोट बरामद हुँदा प्रत्यक्ष वा परोक्ष रुपमा युनुसको संलग्नता देखिने गरेको प्रहरी अधिकारीहरुले दाबी गर्दै आएका छन् । युनुस एकपटक वा दुईपटक मात्र होइन, पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । पछिल्लो पटक २ फागुन ०७४ मा उनी नख्खु कारागारबाट छुटेका थिए । थुनामुक्त भएको एक वर्षपछि शुक्रबार उनी ७ करोड बढी नक्कली नोटसहित पुनः नाटकीय ढंगले पक्राउ परेका छन् ।

अन्सारीको पक्राउ यसकारण पनि प्रहरीलाई सहज भयो कि उनी ७ करोड नक्कली नोटका ‘भरिया’ जसरी विमानस्थल पुगेका थिए । अघिल्ला घटनामा चाहिँ राजधानीको विभिन्न ठाउँमा बसेका बेला ‘भरिया’ मार्फत उनीकहाँ प्रहरी पुग्थ्यो । तर, योपटक पाकिस्तानी नागरिकले ल्याएको नक्कली नोटको सुटकेश लिन उनी आफैं विमानस्थल पुगे ।

आतंकवाद र गम्भीर प्रकृतिको अनुसन्धान गर्ने निकाय विशेष ब्युरोका एक कनिष्ठ अधिकारी भन्छन्, ‘यो त लु मलाई समात् भनेको जस्तो देखियो ’

अनुसन्धान अधिकारीहरु सालो र सवारी चालकलाई समेत अन्सारी आफैंले प्रहरीलाई फोन गर्न लगाएको हुनसक्ने आशंका गर्छन् । ‘नत्र पटकपटक जेल पक्राउ परिसकेर जेल पुगिसकेको व्यक्ति आफैं विमानस्थलसम्म पुग्नु आवश्यकै थिएन’, एक सुरक्षा अधिकारीले भने, ‘यसले थुप्रै शंका गर्ने ठाउँ दिएको छ । जुन विषयमाथि गहिरो अनुसन्धान हुनु आवश्यक छ ।’

विमानस्थलबाट समातिएपछि पत्रकार सम्मेलनमा उपस्थित हुँदा समेत अन्सारी मुस्कुराइरहेका थिए । उनको गुहारमा गिरफ्तार हुँदा कुनै ग्लानीको भाव थिएन । बरु पक्राउ परेकी महिला भने आफूलाई केही थाहा नभएको बताइरहेकी थिइन् ।

माक्स समेत नलगाई ढाका टोपीमा सजिएर पत्रकार सम्मेलनमा उपस्थित भएका अन्सारीले आफूले माक्स लगाउनु आवश्यकै नभएको बताए । डीआईजी थापा भन्छन्, ‘हामीले माक्स लगाउन आग्रह गरेका हौं । तर, उनैले मानेनन् ।’

अन्सारीले पुनः पुरानै समूहबाट थ्रेट महसुस गरेपछि सुरक्षित हुन आत्मसमर्पणको बाटो अपनाएको हुनसक्ने अधिकारीहरु बताउँछन् । उनी भन्छन्, ‘अहिले भारतमा नरेन्द्र मोदीको जीत भएपछि त झन् उनले असुरक्षित महसुस गरेको हुनसक्छ ।’

तर, अन्सारीको गतिविधि ओपन सेक्रेट भइसकेका उनले मोदीको जीतरहारभन्दा पनि उनी जुनसुकै वेला पनि थ्रेटमा रहने कतिपय अधिकारीको बुझाइ छ ।
प्रहरीको दाबीअनुसार भारतको जाली नोट तस्करीमा संलग्न भएकै कारण युनुस अन्सारी भारतीय सुरक्षा अधिकारीको टार्गेटमा थिए । ६ असोज ०६७ मा विमानस्थलबाट बरामद भएको करिब ४१ लाख नक्कली भारतीय रुपैयाँ पनि उनकै संलग्नतामा भित्रिएको दाबी गरिएको थियो । अन्सारी पहिलो पटक १८ पुस ०६६ मा नक्कली भारतीय रुपैयाँ र साढे ३ किलो खैरो हिरोइनसहित पक्राउ परेका थिए । तर, जेलभित्रै रहँदा पनि उनको कारोबार रोकिएको थिएन ।

भारतीय पक्षले अन्सारीले पाकिस्तानी गुप्तचर संस्था आईएसआईका लागि काम गरिरहेको दाबी गरेको थियो । अन्ततः २६ फागुन ०६७ मा उनीमाथि कारागारभित्रै गोली हानी हत्या गर्ने प्रयास भयो । तर, अन्सारीको भाग्य १ सुटर जसजित सिंहले बोकेको कट्टुमा लुकाएर लगेको बन्दुक पहिलो प्रयासमा पड्किएन ।

‘पहिलो पटक नपड्किएपछि सिंहले दोस्रो पटक पनि गोली चलाउने प्रयास गरे । तर, त्यो पनि विफल भयो’, युनुस गोली काण्डको छानविन समितिमा काम गरेका एक अधिकारी भन्छन्, ‘तेस्रो प्रयासमा मात्र गोली चलेको भएता पनि अन्सारी संयोगले जोगिए ।’

गोली ननिस्कँदाको करिब ५ सेकेण्ड मौका पाउँदा अन्सारीले लुक्ने मौका पाएका थिए । त्यसपछि बाहिर आएर बन्दुक फ्यालेर उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । पछि अन्सारीमाथि अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवले गोली हान्न सजित सिंहलाई लगाएको सार्वजनिक भएको थियो ।

त्यसवेला उनीमाथि चलेको खोटाचलन मुद्दामा अन्सारी १८ असोज ०७० मा छुटेका थिए । तर, त्यत्रो घटनापछि पनि उनले कारोबार नरोकेको प्रहरीको भनाइ छ ।
१० माघ ०७० मा अन्सारी पुनः नक्कली नोटसहित पक्राउ परे । यो मुद्दामा भने उनी नख्खु कारागार चलान गरिएका थिए भने २ फागुन ११ उनी थुनामुक्त भएका थिए । तर, शुक्रबार पुनः उनी नक्कली नोटसहित नाटकीय तरिकाले समातिएका छन् ।

-अनलाईनखबरबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्