Logo

ठेकेदार रामबाबुले फिर्ता गरे राज्यलाई ४० लाख : लागत भन्दा कम रकममा नै निर्माण सम्पन्न गरिदिए


रामेछाप । समयमै ठेक्का नसक्ने रोग निर्माण व्यवसायीको पुरानै हो । निर्माण व्यवसायीको यो प्रवृत्तिले सिंगो देश नै आक्रान्त छ । निर्माण व्यवसायीको रवैयाले छवि नै धुमिल बनिरहेका बेला रामेछापका एक निर्माण व्यवसायीले भने नमूना काम गरेर देखाएका छन् । अधिकांश आयोजनामा निर्माण अवधि र लागत थप गर्ने गरिए पनि ती निर्माण व्यवसायीले तोकिएको समय अगावै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् ।

यति मात्रै होइन, उनले फाइदा भएको रकम पनि राज्यलाई फिर्ता गरेका छन् । रामेछाप सदरमुकाम मन्थलीका सात सरकारी भवन तोकिएको समयमा सम्झौताभन्दा कम लागतमै निर्माण भएका हुन। भूकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने निर्माण व्यवसायीले कम रकममा निर्माण सकाएर राज्यकोषमा ४० लाख रुपैयाँ जम्मा गरिदिएका छन् । यस्तो नमूना काम गर्ने निर्माण कम्पनी हो– सुनकोसीर खानीर थोदुङ जेभी ।

र, सञ्चालक हुन् -रामबाबु घिमिरे । घिमिरेकाे निर्माण कम्पनीले जिल्लाको ३ सरकारी भवन निर्माणको जिम्मा लिएकाे थियाे । त्यसकाे लागत रकम थियाे- १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ ।तर घिमिरेले लागत भन्दा कम रकममा नै निर्माण सम्पन्न गरिदिए । त्याे पनि निर्धारित समयमा नै । घिमिरेकाे उदाहरणीय कामबाट राज्यकाे ३९ लाख ८५ हजार ८ सय १३ रुपैयाँ बचेको छ ।

प्रतिक्रिया दिनुहोस्

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्