माननीय मोदि ज्यु ! कुलमान घिसिङको बिषयमा प्रमाण लिएर आउनुस न त्यस्ता बकम्फुसे कुरा गर्नु भन्दा -बिजय लामा

उज्यालो नेपालका अभियान्ता एवम् नेपाल विद्युत प्राधिकरण प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ माथि भ्रस्टाचारको आरोप लगाउने नेकपा संसाद अमनलाल मोदीलाई चर्चित क्याप्टेन विजय लामाले कडा दनक दिएका छन् । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमार्फत क्याप्टेन लामाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कुलमान जस्तो मान्छे लाइ यस्तो तथ्य बिहिन आरोप लगाएकोमा क्याप्टेन लामा दुखि हुदै यस्तो प्रतिक्रिया फेसबुक मार्फत दिएका हुन्। सांसद अमनलाल मोदिलाई कुलमान जस्तो बिकासका लागि काम गदै अघि बढिरहेको समयमा तथ्य बिहिन नाजायज आरोप नलगाउन भन्दै क्याप्टेन बिजय लामाले कडा प्रहार गरेका छन । क्याप्टेन लामाले कुलमान रात दिन खटेर काम गरि रहेका बेला बिना प्रमाण आरोप लगाउन नमिल्ने भन्दै सुनेको भरमा र तथ्य बिना नबोल्न समेत अनुरोध गरेका छन् ।
जब प्राधिकरणका प्रमुख कुलमानजीले भ्रष्टाचार गरेको छैन भन्दा प्रमाण बिना आरोप लगाइरहने तर यदि प्रमाण भए सार्बजनिक गर्न अनुरोध गरेका छन्। यदि प्रमाण भेटियो भने कुलमानलाई कार्बाही गराउनको लागि आफूहरुनै लागि पर्ने भन्दै बिना तथ्य प्रमाण आरोप नलगाउन अनुरोध गरेका हुन्। सामाजिक संजाल फेसबुक मार्फत देशको बिकाश मा अर्गेलो नबन्न माननीय लाइ सुझाउदै आफ्नो धारणा फेसबुकमा यस्तो स्टाटस लेखेका छन्।
हेर्नुस उनको स्टाटसः–
हाम्रो देशमा सुनेको भरमा, कुनै तथ्य बिना, समाचार या बिना प्रमाण आरोप लगाउने चलन धेरै बडेको छ यो समय!!! अझै भन्ने हो भने सन्सनी पुर्ण समाचार नै बनाएर आफू हिरो बन्न आतुर भएको पनि पाइन्छ जताततै!!
माननीय अमनलाल मोदिले कुलमानजीलाई पनि कतै त्यस्तै गरेको त होइन? कति सम्म अबुझ कुरा गर्नु भएको त्यत्रो जन प्रतिनिधि भएर तपाईं मोदि जि? जब कुलमानजी ले भ्रष्टाचार गरेको छैन भन्दा पनि तपाईं आरोप लगाउदै बसि रहने? कता छ तपाइको मा प्रमाणहरु?
निकाली दिनुस‘हामी नै लाग्ने छौ कुलमान जि लाई कार्बाही गराउन को लागि! नत्र म सङ छ, समय आए पछि दिउला, देशको ९ अरब निकालु ला, कार्बाही गरौला भन्ने जस्तो हावादारी गफ नगर्दा राम्रो होला कि? आफ्नो ओहोदाको पनि मान राख्नु पर्ला कि?
प्रमाण लिएर आउनुस न त्यस्ता बकम्फुसे कुरा गर्नु भन्दा! नेपालको बिकाशमा किन अर्गेलो बन्न खोज्नु हुन्छ तपाईं जस्ताहरु? किन हिरो बन्न खोज्नु भएको? हेर्नुस मित्र मोदि‘एउटा संबेदनसिल ठाउमा र स्थान हुनुहुन्छ र त्यस्को गरिमाको पनि ख्याल गर्दिनु होला!
नेता जनता भन्दा माथी छौ भन्ने सोच नराख्नु होला!!! तपाइहरुलाइ जनताले सहि काम कुरा गर्न जिताएका हुन नकि यस्तो सहि काम गरेर अहोरात्र खटेर इमानदारी पुर्बक काम गर्ने हरुलाइ नाजायज आरोप लगाएर बिकाश लाई ठप्प पार्नलाइ!
जय चन्द्र सुर्य!!