सगरमाथाको चुचुरोमा ट्राफिक जाम हुँदा ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा सगरमाथा आरोहण गर्न आएकी एक भारतीय महिलाको मृत्यु भएको छ । सगरमाथा आरोहण गरि फर्कने क्रममा उनको मृत्यु भएको हो । मुम्बई निवासी पर्वतारोही अंजलि एस कुलकर्णीको शुक्रबार बिहान मृत्यु भएको हो ।
उनी विश्वको सर्वोच्च शिखर सगरमाथामा चढ्न सफल भएकि थिइन् । फर्किदै गर्दा शुक्रबार क्याम्प ४ मा उनको मृत्यु भएको हो ।
थुप्डेन शेर्पाका अनुसार ३३ बर्षकी अञ्जलिले पति शरद कुलकर्णी सँगै बुधवार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेकि थिइन् । फर्किदै गर्दा हिँउमा लडेर उनको मृत्यु भएको हो । पर्यटन विभागका अनुसार उनी रवीन्द्र कुमारको अगुवाईमा सगरमाथा चढ्न गएकि थिइन् । उनको दलमा ६ जना सदस्य सहभागी थिए ।
यस्तै, भारतीय सञ्चार माध्यमले पर्यटन बोर्डलाई उदृत गर्दै लेखेको समाचारमा थप ३ जनाको मृत्यु भएको जनाइएको छ । पर्यटन विभागका प्रवक्ता मिरा आचार्यका अनुसार मृत्यु हुनेमा ५२ बर्षीया कल्पना दास, २७ बर्षीय निहल भगवान भारतीय नागरिक हुन् ।
एक अष्टेलियन नागरिकको पनि ज्यान गएको समाचारमा जनाइएको छ । उनीहरुको सगरमाथामा ट्राफिक जाम भएर मृत्यु भएको हो । सगरमाथाको शिखरमा पाइला टेक्न चाहने आरोहीहरुको निकै लामो लाइन हुनु लाई नै ‘ट्राफिक जाम’ भन्ने गरिन्छ ।