यी डाक्टरहरु किन दिउँसै रात पार्न खोज्छन् ?
-निनाम कुलुङ ‘मंगले’
यो लेख केही समयअघि यसै मुन्धुमस्टार अनलाइनमा डा. भक्त राईले लेखेको ‘को हुन् किरात राई ?’ भन्ने लेखमा आधारित छ । जुन लेख सन् २०१९, १५ मे मा प्रकाशित भएको थियो । हुन त डा. भक्त राई सर पनि कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६/रजिस्टर्ड नम्बर–३२८।०४९।०५०) का हर्ताकर्ता राई सर/राईनी म्याडमहरु र, कथित् राई जातिलाई भजाएरआफ्नो खाइ जीविका गर्ने/खाने र उल्टै राई शब्दले किरातीहरुको वास्तविक पहिचान नदिने भएकोले जसरी प्रधानमन्त्री, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, सचिव, अध्यक्ष, सरदार, खरदार, सुब्बा, मुखिया, बहीदार/बैदार, कार्यलय सहयोगी, पाले, सम्पादक, सहसम्पादक, उपसम्पादक, लेखक, पत्रकार, आदि शब्दले जात वा जाति जनाउँदैन, त्यस्तै राई शब्दले पनि कुनै जात वा जाति नजनाउने भएकोले अहिले आएर यो शब्दलाई जबरजस्ती जातिवाचक शब्द बनाउन खोज्दा नेपालका अन्य जात वा जातिहरु जस्तै स्वतन्त्र जातीय अस्तित्व भएका कुलुङ लगायत २८ वटा किराती जातिहरुको जातीय अस्तित्व नै लोप भएर जाने हुँदा यो राई शब्दलाई हटाऔं भनी लगभग १९ वर्षदेखि कुलुङ लगायत किरातीहरुले जनवकाल गर्दै आएको छ ।
हुन त भक्त राई डा. साबलाई राई, सुब्बा मुखिया, देवान आदि विगतमा खासगरी नेपालको भगौलिक एकीकरणपछि किराती मूलका ठालूहरुलाई स्थानीयस्तरमा राज गर्न वा भनौं शासन गर्न दिएको पदवी वा पगरी हो मात्रै हो भन्ने थाहा नभएकै हो कि जानाजान … । तर, किरातीका ठालूहरुलाई राई, सुब्बा, मुखिया, देवान आदि पदवी वा पगरी दिने क्रममा किरात भूमिलाई समेत विभाजन गरेर वल्लो, माझ र पल्लो किरात/लिम्बुवान) बनाएको त आजसम्म प्रायः सबैले सुन्दै र भन्दै आएको हो । यसरी राई, सुब्बा, मुखिया, देवान आदि छोटे राजासरहको पद हो, जात होइन भन्ने थाहा पाउँदा पाउँदै पनि थाहा नपाए झै गर्ने राईवाला डाक्टरहरु डा.नोबलकिशोर राई, जो विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा राईको जनसंख्या र भाषा वक्ता ह्वात्तै घटदा ३ दिन ३ रात निदाएनन् रे ! भनी एक भाषाशास्त्रीले यो पंक्तिकारलाई बताएका थिए । उता डाक्टर खगेन्द्र राई, डाक्टर शिव राई, जसले सन् २००७ को विश्व आदिवासी दशकको अवसरमा काठमाण्डौको मल्ल होटलमा भएको एक कार्यक्रममा यो केही नजान्ने कुलुङे ढाक्रेले फलोअर ओपन भएपछि राई जात नभएको तर, यही राईलाई जात मान्दा २८ भन्दा बढी किरातीहरुको अस्तित्व मेटिन लागेको बताएको थियो । त्यसपछि लन्च ब्रेकको समयमा मेरो टेबलमै आएर उनले भाई तपाईँले साह्रै राम्रो प्रश्न उठाउनु भो, म पनि ठूलो राईको जेठो छोरो हुँ । हाम्रो घरमा झै–झगडा, घरेलु लेनदेनको तमसुक बन्थ्यो । म नै त्यस्तो तमसुक लेख्थेँ ।
त्यसबापत सुका, आना, मोहर र, एक रुपैँयासम्म लिन्थेँ । २०२१ को भूमिसुधार ऐन २०३३/०३४ सालतिर लागू भयो । सो क्रममा रैतीहरुले पनि नामको पछाडि राई लेख्न चाहे/लेखे । तर, मेरो बाबुले म पो हुँ त राई ! यी ढाक्रेहरु कसरी राई …? … ?? भनी बम्किए । आखिर ५/६ दिनसम्म बसेको पञ्च–भलादमीहरुको भेलाले रैतीहरुलाई पनि नामको पछाडि राई लेख्ने निर्णय गर्यो । अन्ततः असली र ठूलो राई कहलिएका मेरो बाबुको केही जोड चलेन । भनी बताएका थिए । त्यस्तै डाक्टर तारामणि राई, जसले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा रहेर ‘किरात स्थाननाम प्राग्ऐतिहमासिक एवम् भाषिक अध्ययन’ नामक किताब भोगीराज चाम्लिङसँग मिलेर निकालेका त छन् । तर, सो क्रममा उनीहरुले विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा भाषा वक्ताको रुपमा मात्रै उल्लेख भएको/आएको दुमी, तिलुङ, कोयु आदिलाई पनि जातीय जनसंख्याकै रुपमा उल्लेख भएको/आएको झैँ वर्णन गरेर दिउँसै रात पार्न खोजेका छन् । अरु पनि धेरै राईवाला डाक्टरहरु छन्, जो राईलाई जबरजस्ती नेपालको जात वा जाति हो भनी त्यो पनि (किरात राई !) स्थापित गराउनका लागि दिउँसै रात पार्न हिचकिचाउँदैनन् । यसरी राईलाई स्थापित गर्नका लागि कन्धनी कसेर लागेका र एमफिल गरेका, मास्टर्स गरेका, डिग्री गरेका र ब्याचलर पढ्दै गरेका राईहरु त कति छन्, कति भनी साध्य छैन ! गनी साध्य छैन ! यसरी हेर्दा राई यायोक्खासँग कै मात्रै छैन ? विद्घानमा विद्घान छ, …, डांक्टरमा डाक्टर …ं ।
राईको भाषा किन विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा घटेर किन १ लाख ५९ हजार चानचुनमा झर्यो ? र अब विसं २०७८ मा हुने १२ औं राष्ट्रिय जनगणनामा राईको भाषा घटेर कति हुने हो ? बेला छँदै वास्तविकता के हो भनेर बुझे हुन्थ्यो, यदि ती सबैसबै डाक्टरहरु, जो राईवाला छन्, उनीहरुले पढेरै डाक्टर भएको भए तापनि राई के हो ?
हुन त यो लेख विगतमा यो पंक्तिकारले लेखेको विभिन्न लेखहरुमा झै कथित् राई ! जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६/रजिस्टर्ड नम्बर–३२८।०४९।०५०) का हर्ताकर्ता राई सर/राईनी म्याडमहरु र, कथित् राई जातिलाई भजाएर आफ्नो खाइ जीविका गर्ने/खाने वा बेलायती सेना, सिंगापुर पुलिस, ब्रुनाईको राजप्रासाद, दक्षिण कोरिया, मलेसिया, मकाऊ, इजरायल, साउदी अरब लगायत विभिन्न देशमा गएर पसिना बगाई रहेका किराती दाजुभाई तथा दिदीबहिनीहरुलाई दुहुनो गाई बनाईरहेकाहरुलाई फगत गाली गर्नु मात्रै नभएर भोलि साँच्चै वैज्ञानिक ढंगले अध्ययन–अनुसन्धान गर्दा राईको जाति वा जात हुने कुनै आधार नभेटिने हुनाले यी कथित् राई जातिवाला राई सर राईनी म्याडमहरुलाई अझै पनि निरन्तर कोचिङ ! गरी रहेको हो । किनभने, खस नेपाली भाषामा ‘रात रहे, अग्राख पलाउँछ’ भन्ने उखान नै छ ।
हुन पनि यी भक्त राई लगायत अन्य डाक्टरहरुले ‘टेबुल वर्क’ मात्रै गरेर लेखे पनि विसं २०५८ को १० औं राष्ट्रिय जनगणनाम ६ लाख ३५ हजार चानचुन रहेको राईको जनसंख्या किन विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा घटेर ६ लाख २० हजार चानचुन भयो ? र अब विसं २०७८ मा हुने १२ औं राष्ट्रिय जनगणनामा राईको जनसंख्या घटेर कति हुने हो ? त्यस्तै विसं २०५८ को १० औं राष्ट्रिय जनगणनाम ३ लाख ७१ हजार चानचुन रहेको राईको भाषा किन विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा घटेर किन १ लाख ५९ हजार चानचुनमा झर्यो ? र अब विसं २०७८ मा हुने १२ औं राष्ट्रिय जनगणनामा राईको भाषा घटेर कति हुने हो ? बेला छँदै वास्तविकता के हो भनेर बुझे हुन्थ्यो, यदि ती सबैसबै डाक्टरहरु, जो राईवाला छन्, उनीहरुले पढेरै डाक्टर भएको भए तापनि राई के हो ? भन्नेबारेमा साँच्चै नबुझेका हुन् भने । किनभने, अभैmसम्म पनि विगतमा राई, सुब्बा, मुखिया, देवान आदि पदवी वा पगरी पाएका केही मान्छेहरु जिउँदै छन्, उनीहरु जिउँदो नभए पनि त्यसरी राई, सुब्बा, मुखिया, देवान आदि पदवी वा पगरी पाएका मान्छेका जेठो छोरोहरु जिउँदै छन् । उनीहरु पनि जिउँदो नभए, ऊ बेला राई, सुब्बा, मुखिया, देवान आदि पदवी वा पगरी पाएका तालुकदार वा जिम्मावालहरुको दलनमलनमा परेका रैतीहरु प्रशस्त्ै छन् । उनीहरु पनि जिउँदै छन् ।
उनीहरु सुविधा सम्पन्न सहर बजारमै छन् । त्यसैले यो केही नजान्ने कुलुङे ढाक्रे ! विचारमा मान्छेले जानेर वा नजानेर गल्ती गर्छ ! त्यसैले राई वाला सर म्याडमहरुले गल्ती महसुस गरेर इतिहासलाई जबरजस्ती गाँजेमाजे पारेर राई जातै हो, जसलाई राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाणपत्र (यो केही नजान्ने कुलुङे ढाक्रे ! ले औपचारिक शिक्षाको हकमा क, ख, ग, घ … समेत नपढेको र स्कूलको ढोकासम्म पनि नदेखेको हुनाले शैक्षिक प्रमाणपत्र हुने कुरै भएन । तर, नागरिकतामा भने कुलुङ छ), तीनपस्ते, ड्राइभिङ लाइसेन्स्, स्टुडेन्ड कार्ड आदिमा समेत राई छ ! भनेर बम्किनु वा कूतर्क गर्नुभन्दा वास्तविक धरातलमा आइदिए हुन्थ्यो ! भन्ने आशय वा पेटबोली हो, यो केही नजान्ने कुलुङे ढाक्रे ! को ।
तर, अचम्म के छ भने, राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६/रजिस्टर्ड नम्बर–३२८।०४९।०५०) का हर्ताकर्ता राई सर/राईनी म्याडमहरु र, कथित् राई जातिलाई भजाएर आफ्नो खाइ जीविका गर्ने/खाने तर, किरातीहरुको वास्तविक स्वपहिचान स्थापित गर्न लागि परेका कुलुङ लगायत अन्य किरातीहरुलाई उल्टै डलर खान राई फुटाउन खोजेका हुन् ! भन्ने राई सर राईनी म्याडमहरुले के साँच्चै हामी एकै जाति र एक व्यक्ति राईको २८ वटा मातृभाषा हुन्छ ? अथवा त्यस्तो कुनै राई छ, जसले म एक जाति राई हुँ तर, मेरो २८ वटा मातृभाषा छ, भन्दै २८ वटा मातृभाषामा खररर …. सकोस् ! एकै व्यक्ति राईले एक दर्जन, दुई दर्जन, तीन दर्जन, चार दर्जन विषयमा डिप्लोमा, डिग्री, एमफिल र, त्यति नै विषयमा डाक्टरी गरेका छौं ! तिमी जस्तो कोदोको ढिँडो खान नपाएको, केही नजान्ने कुलुङे ढाक्रे ! हौैं र ! भन्नेहरुले ठण्डा दिमागले सोच्ने हो कि ?
त्यसरी औपचारिक रुपमा दर्जनौं विषयमा शिक्षा लिएको भनिने राई सर र राईनी म्याडमहरुको काम र व्यवहार भने कोदोको ढिँडो खान नपाएको, केही नजान्ने कुलुङे ढाक्रे ! को भन्दा पनि गैबार देखिन्छ । यो नै दुःखद पक्ष हो । किनभने, मान्छे पढालेखा हुनु भनेको फगत पढालेखा हुनु मात्रै नभएर शिक्षित र चेतनशील हुनु पनि हो ।
भक्त राईले लेखेको ‘को हुन् किरात राई ?’ भन्ने लेखमा जनकलाल शर्मा, इमानसिंह चेम्जोङ, डोरबहादुर विष्ट, तुलसी दिवस, हर्षबहादुर बुढामगर, रामकुमार पाँडे, जर्ज ग्रियर्सन, भ्यान्सिटार्ट लगायतको भनाइहरुलाई पनि आधार मानेर लेखेका छन् । तर, उनले ती लेखकहरुको कुनुकुन किताब पढेर कोड गरेका हुन् ? किताबमको नाम उल्लेख नभएकोले यसै भन्न सकिएन । हुन त भक्त राईले उल्लेख गरेका ती लेखकमध्ये डोरबहादुर विष्टको ‘सबै जातको फुलबारी’ र जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’ लगायत केही किताबहरु यो केही नजान्ने कुलुङे ढाके्रले पनि पढेको छ ।
के गर्नु राईवाला डा.साबहरु, यो केही नजान्ने कुलुङे ढाक्रेले त राईका बारेमा के हो त ? भनेर यस्तो व्यहोरा पो पढेको छ त, शर्मा र विष्टको किताबमा । त्यसैले वास्तविक कुरोलाई लुकाएर वा आफ्नो ‘मिडिया गेट किपिङ’ वा ‘सेल्फ राइटिङ गेट किपिङ !’ त गर्नु भएन नि, कथित् राई जातिवाला राई डा.साबहरु !
यो केही नजान्ने कुलुङे ढाके्रले पनि पढेको ‘सबै जातको फुलबारी’को पाना–५ मा ‘राई भन्ने खास गरी कुनै जातिको नाम भने होइन । यो त गाउँका ठालू वा मुखिया जनाउने शब्द मात्र हो । माझ किरातमा धेरैजसो … हरु आफुलाई जिमी वा जिमीनदार भन्ने गदर्छन्, तापनि … शब्द बढी प्रचलनमा आउँदै छ । सुरुमा बाहुनलाई पण्डित, नेवारलाई साहूजी, राणा र ठकुरीलाई बाबुसाहेब, अरु छेत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, मधेसका थारुलाई चौधरी, दमार्इँलाई नगर्ची, सार्कीलाई मिजार, कामीलाई सुनार आदि शब्दले सम्मान पूर्वक सम्बोधन गरेजस्तो मात्र थियो ।’ त्यस्तै पाना–९ मा ‘यहाँको सबै जग्गा केही वर्षअघिसम्म राईको किपट थियो । यहाँका किपटिया राईबाहेक अरु ठाउँबाट बस्न आएका राई हुन् वा अरु जोसुकै जातका हुन् तिनलाई रैती भन्ने थियो । किपटिया राईहरुले जग्गाको नापअनुसारको तिरो नतिरी सबैले बराबरी घरधुरीको तिरो तिर्ने चलन थियो । त्यसले गर्दा थोरै जग्गा हुने किपटियालाई मर्का परेको थियो । त्यसैले गर्दा धेरैजसो राईहरु किपट खारेज गराउन खुसी थिए ।’ भनी लेखेका छन् ।
अब जाऔं जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’ नाक किताबो पाना–३१८ मा जहाँ नौलाख किरात उपशीषर्कमा लेखेका छन्, ‘हड्सन महोदयका अनुसार किराँतीहरुको प्रमुख शाखालाई खम्बु भनिन्छ । यिनीहरुको बसोबास भएको प्रदेशलाई कुनै समय ‘नौलाखकिराँत’ पनि यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्– “यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाइन्थ्यो । र त्यो करको संख्या नौ हजार आना पुग्थ्यो … । … प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरैपिच्छे कर लगाइँदैनथ्यो । … दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । … गोरखालीहरुको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लाागि युद्घका समय लगाइएको कर थियो । … यो कर युद्घका समयमा लगाइएको भए पनि विक्रम संवत् २००७ सालसम्म कायमै रह्यो, … जेसुकै होस् उनीहरुको प्रदेशलाई “नौलाखकिराँत” भनिन्थ्यो त्यसमा कुनै सन्देह छैन ।”
के गर्नु राईवाला डा.साबहरु, यो केही नजान्ने कुलुङे ढाक्रेले त राईका बारेमा के हो त ? भनेर यस्तो व्यहोरा पो पढेको छ त, शर्मा र विष्टको किताबमा । त्यसैले वास्तविक कुरोलाई लुकाएर वा आफ्नो ‘मिडिया गेट किपिङ’ वा ‘सेल्फ राइटिङ गेट किपिङ !’ त गर्नु भएन नि, कथित् राई जातिवाला राई डा.साबहरु ! हुन त कुनै बेला अवस्था कस्तोसम्म थियो भने, कथित् राई जातिको भाषाको पाठ्यक्रम भन्दै कुलुङ, बाहिङ, थुलुङ, चाम्लिङ, लोहोरुङ, मेवाहाङ, आठपहरिया, ओम्बुले/वाम्बुले लगायत जातीय स्वपहिचान भएका जातिहरुलाई पनि बान्तावा भाषाको पाठ्यक्रम पठाउँथे/पढाउँथे । सोलुखुम्बु, ओखलढुंगा, उदयपुर लगायत जिल्लामा त त्यसरी राई जातिको भाषाको पाठ्यक्रम भन्दै पठाएको बान्तावा भाषाको पाठ्यक्रम बर्षौंसम्म कुहिएर वा भनौं कीरा परेर/ढुसी परेर/सढेर गएको थियो । अर्को अचम्म के भएको थियो भने, विसं २०६२/०६३ को परिवर्तनपछि सोलुखुम्बुको एक एफएममा कथित् राई जातिको भाषाको कार्यक्रम भनी बान्तावा भाषाको कार्यक्रम बजाइयो । त्यसपछि प्रभाव मूल्यांकनका लागि प्रश्न सोधियो । तर, धेरैले सो कार्यक्रम सुन्दै सुनेनन् ।
अन्तमा राईवाला डा.साबहरु, यो केही नजान्ने कुलुङे ढाक्रेको के आग्रह छ भने, दिउँसै रात पार्ने काम नगरौं । त्यसैले वास्तविक कुरोलाई लुकाएर वा आफ्नो ‘मिडिया गेट किपिङ’ वा ‘सेल्फ राइटिङ गेट किपिङ !’ पनि नगरौं । अब साँच्चीकै अन्तमा म के भन्छु भने, ग्रीस (तत्कालीन युनान) का दार्शनिक सुकरातलाई सम्झेर यो लेख लेखीरहेको छु, जो सत्यको पक्षमा वकालत गर्दा ‘हेमलक’ नामक विष पिएर मर्न तयार भए तर कायरता र झुटलाई स्वीकार गरेनन् रे ! …
(लेखकको निजी बिचार हो । थप केही आफ्नो परेमाः ०१४६२०२००, ९८६२४३६०४९, kehinajannekulung@gmail.com)m